२० दिनदेखि खानेपानी अवरूद्ध हुँदा ८ सय घरधुरीका उपभाेक्ता मारमा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे सबैभन्दा ठूलाे खानेपानी अायाेजना बल्थुम खानेपानी २० दिनदेखि अवरूद्ध हुँदा ८ सय घरधुरीका उपभाेक्ता मारमा परेका छन् ।

केही महिना अघिमात्रै निर्माणकार्य सम्पन्न गरी  वडा नं. ७ का करीब ८ सय घरमा धारा जडान गरी पानी बितरण शुरू गरिएकाे थियाे । प्रदेश सरकारकाे एक घर एक धारा अभियान अन्तर्गत लिफ्टिङ पद्दतीबाट पानी बितरण गरिँदै अाएकाे छ । बिगत लामाे समयदेखि धारामा पानी नअाउँने तर हरेक महिना महसूल भने नियमित तिर्नुपर्ने हुँदा एक प्रकारकाे भ्रष्टाचार भएकाे उपभाेक्ताकाे गुनासाे रहेकाे छ ।

यतिका दिनसम्म धारामा खानेपानी नअाउँदा समेत सम्बन्धित निकायकाे ध्यान नपुगेकाे भनी उपभाेक्ताहरूले सामाजिक सञ्जालमा समेत अाक्राेस व्यक्त गरिरहेका छन् ।

खानेपानी उपभाेक्ता समितिसँग बुझ्दा मर्स्याङदी नदीमा रहेकाे ट्याङकीबाट पानी तान्ने माेटरमा समस्या अाएका कारण पानी सुचारू गर्न नसकिएकाे बताएका छन् । माेटरमा समस्या अाएकाे र मर्मतकाे लागि धेरै खर्च लाग्ने भएकाले सञ्चालनमा कठिनाइ अाएकाे बताएका छन् ।

त्यति मात्र नभइ निर्माण कार्य सम्पन्न भएकाे भनिए पनि निर्माण कम्पनीले समितिलाइ हस्तान्तरण नगरेकाे कारण कम्पनीले मर्मत गरिदिनुपर्ने पनि समितिकाे भनाइ रहेकाे छ । निर्माण कार्य शुरू हुनु अघि ठेकेदारले समितिमा केही प्रतिशत रकम समितिमा छाडने सहमति भए पनि साे रकम नछाडेकाे पनि बताइएकाे छ ।

निर्माणकार्य सम्पन्न भएपछि समितिकाे निर्णयपछि मात्र ठेकेदारलाइ रकम दिनुपर्ने भएपनि समितिकाे कुनै निर्णयविना नै रकम दिइएकाेमा समितिकै पदाधिकारीहरू असन्तुष्ट छन् ।

 

 

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.