तिमीलाई कस्ताे लाग्छ भानुभक्त ?

कविता                                                                                        तिमीलाई कस्ताे लाग्छ भानुभक्त ?
====================
– अम्बिका अर्याल

तिमीले लगाउने बिर्खे टाेपी र दाैरा सुरूवाल
आज पहिचान खाेजेर सडकमा कुर्लँदै गर्दा
तिमीलाई कस्ताे लाग्छ ?
जनजिब्राेमा तिमीले झुण्ड्याएकाे नेपाली भाषा
बटारेर जिब्राेकाे सकल भाग
अङ्ग्रेजीको चास्नीमा चाेपिँदा
तिमीलाई कस्ताे लाग्छ ?

तिम्रै नाममा छुट्टयाइएका
सरकारी र गैरसरकारी (आँखाका छाराे हाल्ने) बजेटमा
मुख मिठ्याउँदै, काैडाे दाउ लगाउँदै
थर मिलेकै भरमा
तिम्रै वंशजकाे नक्कली परिचयपत्र बाेकेर
नक्कली सन्तानले गरेकाे दाैडधुप देख्दा
तिमीलाई कस्ताे लाग्छ ?
अझ
तिम्रा पहिरनमा सजिने नक्कली कवि
तिम्रा एक दुई लय र शब्द चाेरेर
भक्त मात्रै कहाँ हाे र आफूलाई
तिम्रै अवतार घाेषित गर्ने
फाेस्रा, पाखण्डीलाई देख्दा
तिमीलाई कस्ताे लाग्छ ?

विश्वभर मनाइने भानुजयन्ती
विश्वव्यापी भाषासाहित्य दिवस
‘हाम्रो भाषा हाम्राे भेष’मा कुर्लिएका नाराहरू
तिम्रै नाममा सडकमा आयाेजित जुकाका दाैड प्रतियोगिता
तिम्रै रामायणलाई सगरमाथा टेकाउने
फट्याङ्ग्राका हात्तीदाँते प्रवृत्ति देख्दा
तिमीलाई कस्ताे लाग्छ?

तिम्रै गाउँमा आयाेजित अनेक साहित्य सम्मेलन
दान, मान, शान तमाम
तीन सयभन्दा बढी तिम्रा शालिक
अनेक स्वार्थका घुम्टाेभित्र सजिँदा बर्सेनि
तिमीलाई कस्ताे लाग्छ?

तिमी युवा छँदा
भीमसेन थापाले गरेकाे आत्महत्याले
आज खाेल फेरेर घरैपिच्छे सेरिँदा,
काेत पर्व, भण्डारखाल पर्व र अलाै पर्वझैँ
अनेक पर्व चलेपछि तिम्राे देशमा
जन्मेकाे गणतन्त्रले
राजाका नाम निशाना मेटाई
उचनीचका नाकेडाँडी ताछेर
उत्सव मनाएकै आलाे खुसीमा
उनैका घरका लाेग्नेस्वास्नी र प्रेमीप्रेमिकामा
राजारानीका सम्बाेधन प्रिय बनेर
रातारात फस्टाउँदा
तिमीलाई कस्ताे लाग्छ?

तिमीले भनेकाे
“भाेलि भाेलि हुँदैमा सब घर बितिगाे बक्सियाेस् आज झाेली”
हरेक कार्यस्थलमा
‘सरकारी काम कहिले जाला घाम’ जस्तै
केवल अपुराे आग्रह बनिदिँदा
तिमीलाई कस्ताे लाग्छ?

कसैले आदिकविकाे पगरी गुथाउँदा तिमीलाई
कसैले यही उपाधि नङ्ग्याउँदा
कसैले भाषाले नेपालकाे एकीकरण गर्ने
पृथ्वीनारायण शाह नै मान्दा
कसैले ‘हास्न्या नारी वेश्या’ भनी
बधुशिक्षा लेख्ने पातकी भन्दा
कसैले रामभक्ति धाराका
आध्यात्मिक चेतका श्रेष्ठ कवि ठान्दा
कसैले घाँसीकाे झुठो तथ्य दिने
ढँटुवा अनि पठुवा मान्दा
तिमीलाई कस्ताे लाग्छ?

साँच्चै अनेक प्रश्नाेत्तरले
सबैकाे दिल जित्ने
कविलाई फेरि साेध्न मन छ
आज गरिएकाे याे स्मरणमा
अनि याे कविताले उठाएकाे प्रश्नमा
नढाँटी भन त भानु
तिमीलाई कस्ताे लाग्छ?

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.