कविता घर्तीको ‘पहिलो माया’ बजारमा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसैविच गणेश गुरुङ र लोक गायीका कविता घर्तीमगरको ‘तिमी मेरो पहिलो माया हो’ कौरा (चुट्का) गीत बजारमा आएको छ । सल्यान जन्म घरभइ करिव दुई दशक बढी बेलायतलाई कर्मथलो बनाईरहनु भएकी घर्तीले मगर संस्कार र सस्कृति झल्कने कौरा गीत बजारमा ल्याउनु भएको हो ।

भौतिक शरिर विदेशी भूमीमा भएपनि आफ्नो मगर समुदायको र देशको कला, संस्कार र र संस्कृतिलाई मायासागै संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले आफुले कौरा गीत दर्शक तथा श्रोता समक्ष लिएर आएको बताउनुभएको छ ।

अविनास थापामगरको शब्द, गणेश गुरुङको लय, कविता घर्ती मगर र गणेश गुरुङको स्वर रहेको कौरा गीत मगर र गुरुङ समुदायको मौलिकतामा आधारित रहेको छ । २२ बर्ष अगाडी रेडियो नेपालमा प्रत्यक्ष भाग लिएर गाएको समेत स्मरण भएको गायिका घर्तीले बताउनु भएको छ ।

बेलायतमा रहेर पनि नेपाली गीत संगीत र नेपाली कला ,संस्कृतिको जगेर्णा गर्ने उद्देश्यले बेलायतमा एक मात्र सयपत्री नेपाली कल्चर ग्रुप स्थापना गरी सञ्चालन गरेको गायिका घर्ती मगरले बताउनुभएको छ ।

हेर्नुहोस् गीतको भिडियोः

यो पनिः

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.