महिला पीडितको पनि कथा बोकेको ‘पुरुष’ सार्वजनिक

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।  यसैविच  स्मिता स्नेहा इन्टरटेन्डमेन्टको प्रस्तुतिमा रहेको नयाँ  गित ‘पुरुष’ भखर्रै सार्वजनिक भएको छ । गितमा लगानी भने राजेन्द्र खत्रीले गरेका छन् ।

सामान्यतः पिडाका गीतहरू बनाउँदा महिलाहरूले झेलिरहेका समस्याहरूका बारेमा नै बढी बनाइएका छन्। बलात्कृत नारीका पिडा हुन की दाइजोका कारण घरमा बुहारीले भोग्नुपरेका पिडा हुन, बोक्सीका नाममा महिलामाथि गरिएका अत्याचार हुन वा मदिरा सेवन गरेर श्रीमतीमाथि गरिएका हिंसाका कुरा किन नहुन।

पिडा त पुरुषका पनि उस्तै छन् भन्ने कथा बोकेको गीत ‘पुरुष’ मा महिलाबाट पुरुषमाथि भएका अन्यायका बारेमा बोलिएको छ। गीतमा पुरुषका मात्र मुद्दा उठाइएको छैन, पुरुषका कारण महिलाले रोज्नुपरेका गलत बाटोका बारेमा पनि उजागर गरिएको छ।

बेरोजगार श्रीमानलाई श्रीमतीले गर्ने फरक व्यवहार, महिलाले चाहँदा सहजै श्रीमानलाई त्याग्न सके पनि पुरुषले भने बाँचुन्जेल पिडा मात्रै भोग्नुपर्ने, सहमतिमा यौन चाहना पूरा गर्ने तर मन नमिल्दा साथ जबरजस्ती करणीको मुद्दा लगाइदिने, पुरुष प्रधान समाज भनिएको भए पनि पुरुषलाई जोगिएर बाँच्नै गाह्रो भएको, सामान्य अवस्थामा नै यौन दुर्व्यवहारको आरोपमा दुर्व्यवहार गर्ने गरेको लगायतका समस्याहरु पुरुषहरूले भोग्नुपरेको देखाइएको छ।

यस्तै नेपालका नौजवानहरू बिदेसिँदा घर धानेर बसेका महिलाको यौवनलाई धान्न चुनौती हुने, श्रीमान् विदेशमा रहेर घरमा बसेकी महिलाले आफ्ना चाहना पूरा गर्न अर्मपर्म गर्न नमिल्ने, छोडी जाने परदेशीले विवाह गरेर प्रतीक्षामा राख्ने गरेको लगायतका समस्याहरू महिलाहरूले भोग्नुपरेको गीतमा राखिएको छ।

थानेश्वर गौतम र कमला पोखरेलको आवाजमा रहेको गीतमा शब्द रचना नकुल ढकालको रहेको छ। गीतमा थानेश्वर गौतमको सङ्गीत रहेको गीतको म्युजिक भिडिओमा प्रीति आले, ज्योति मगर, निक्स शर्मा लगायतका कलाकाहरुको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन तथा परिकल्पना स्मृति तिमिल्सिनाको रहेको छ।

हेर्नुहोस् गीतको भिडियोः

यो पनिः

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker