ब्लेासम म्युजिककेा प्रस्तुतिमा सुनिता, अमृता र विरेन्द्रको तिज गित ‘मै मोटी भएनी नाच्छु घुमेर’ बजारमा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच गीतकार वीरेन्द्र ढकालको लय तथा शब्द सिर्जनामा निर्माण गरिएको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ ।

गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको तीज गीत मङ्गलबार सार्वजनिक भएको हो ।

गीतमा टिकटकबाट ख्याति कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय छ । मदन खड्काको निर्देशन तथा राम केसीको छायाङ्कन रहेको उक्त गीतमा विकास ज्ञवालीले सम्पादन गरेका छन् ।a

तीजलाई लक्षित गरेर निर्माण गरिएको उक्त गीतमा मुख्यतया आफू मोटो भएनी नाच्न सक्षम भएको तथा अरु कसैको चियोचर्चा गर्नुहुन्न, आफूमा जे छ त्यसमा खुसी हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ ।

गित Blossom Birendra Dhakal अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनिः

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.