च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम

गाेरखा, असार २६

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा अवस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रले महिला समूहका सचिवहरूका लागि ३ दिने तालिमकाे शुरूवात गरेकाे छ ।

सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलकाे सभापतित्वमा सम्पन्न भएकाे उदघाटन समाराेह कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा पालुङटार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले बाेल्नुभएकाे थियाे ।

सिकाइ केन्द्रका सदस्य गणेशलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । साे कार्यक्रममा वडा सदस्यहरू प्रमिला थापा, खाेप बहादुर थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

२८ गतेसम्म सञ्चालन हुने साे तालिममा बिभिन्न महिला समूहबाट  ४० जना महिला समूहका सचिवहरूकाे सहभागिता रहेकाे छ । तालिम अबधिभरमा बैठक सञ्चालन बिधी, लेखा व्यवस्थापन, प्रस्तावना लेखन लगायतका बिषयमा सहजीकरण गरिने छ ।

Back to top button
Skip Add
Close