Trending

शिक्षकहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न

तनहुँ , असार १०

शैक्षिक तालिम केन्द्र दमाैलीकाे अायाेजनामा सञ्चालित माध्यमिक तथा अाधारभूत तहका शिक्षकहरूका लागि शिक्षणमा नवीनतम बिधीकाे प्रयाेगसम्बन्धी ५ दिने तालिम सम्पन्न भएकाे छ ।

तालिम केन्द्रमा गत असार ५ गतेदेखि १० गतेसम्म सञ्चालन भएकाे तालिमकाे समापन समाराेहमा बाेल्दै तालिम केन्द्र  प्रमुख नेपालहरि रानाभाटले शैक्षिक गुणस्तर सुधारमा तालिमले ठूलाे महत्व राख्ने बताउनुभयाे । साेही अवसरमा बाेल्दै उहाँले अागामी दिनहरूमा शिक्षकहरूका लागि कार्यस्थलमै तालिमकाे व्यवस्था गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । शिक्षकहरूलाइ तालिम केन्द्रसम्म बाेलाएर तालिम प्रदान गर्दा सबै शिक्षकहरूले तालिमकाे अवसर एकनासले नपाएका कारण कक्षाकाेठामा प्रयाेग गर्न कठिनाइ भएकाे महसुस भएकाे बताउनुभयाे ।

तालिम केन्द्रका प्रशिक्षक प्रकाश देवकाेटाले सञ्चालन गर्नुभएकाे  समापन समाराेहमा प्रशिक्षार्थीहरूकाे तर्फबाट रबिन्द्र कंडेल र रमा श्रेष्ठले अाफ्ना अनुभूतिसहितकाे भनाइ राख्दै तालिममा सिकेका कुराहरू कक्षाकाेठासम्म पुर्याउने प्रतिवद्दता गरेका थिए ।

गाेरखा, तनहुँ तथा नवलपुरका गरी ४० भन्दा बढीकाे सहभागितामा सम्पन्न साे तालिममा तालिम केन्द्र प्रमुख नेपालहरि रानाभाट, प्रशिक्षकहरू अनिषा यादव, बिकास शर्मा, प्रकाश देवकाेटा, लक्ष्मण अाचार्य लगायतकाले सहजीकरण गरेका थिए । तालिममा कक्षा शिक्षणमा जीवनाेपयाेगी सीपकाे प्रयाेग, खेलमा अाधारित प्रवर्तनात्मक सिकाइ सहजीकरण, बहुबाैद्धिकता र सिकाइ शैली, समालाेचनात्मक चिन्तन सीप, उच्च दक्षता साेचाइ सिप र सिकाइ लगायतका बिषयमा सहजीकरण गरिएकाे थियाे ।

तालिम केन्द्रले शिक्षण पेशासँग सम्बन्धित थुप्रै तालिमहरू प्रदान गर्दै अाइरहेकाे छ ।

Back to top button
Skip Add
Close