आरुघाट गाउँपालिकाले बालबालिकालाइ ‘क’ अक्षर लेख्न पालिकाकाे पेन्सिल प्रयाेग गर्ने

गाेरखा ।

जिल्लाकाे आरुघाट गाउँपालिकाले अन्य पालिकाले ल्याउन नसकेका  कार्यक्रम प्रस्तुत गरेकाे छ । सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकाहरुलाइ लागि अभ्यास पुस्तिका र पेन्सिल प्रदान गर्न लागेकाे हाे । क अक्षर लेखाैँ पालिकाकाे पेन्सिलले नाम दिएकाे कार्यक्रम गाउँ कार्यपालिबाट सर्वसम्मत पारित भइ कार्यान्वयमा अघि बढेकाे हाे । यसबाट ४० विद्यालयका बालबालिकाहरु लाभान्वित हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।

बालबालिकाहरुले पालिकाले उपलब्ध गराएकाे अभ्यास पुस्तिकामा लेख्न पाउनेछन् । गाउँपालिकाले बालबालिकाहरुका लागि प्रदान गर्न बालबालिकाहरुले देख्ने गरी आकर्षक पाना निर्माण गरीसकेकाे छ । गाउँपालिकाले ल्याउने यस्ता कार्यक्रमले बालबालिकाहरुकाे सिकाइ क्षमतामा सकरात्मक धारणा प्रदान गर्ने शिक्षा मन्त्रालयका उपसचिव डा कुलराज खनालले बताए । यस्ता अनुकरणीय कार्यकाे प्राेत्साहन गर्नुपर्ने उनकाे भनाइ छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.