भीमसेन थापा गा.पाको नीति तथा कार्यक्रम: निशुल्क स्वास्थ्य बिमादेखि चक्रपथ निर्माण प्राथामिकतामा

दीपक श्रेष्ठ

गोरखा, १० असार :   गोरखाको भीमसेन थापा गाउँपालिकाका आगामी आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको दशौं गाउँसभाका अध्यक्ष लोकप्रसाद बन्जराले शुक्रबार शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार बिकासमा जोड दिदै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा गाउँपलिकाले भित्र जन्मिएका शिशुका अभिभावकले ३५ दिन भित्रमा जन्मदर्ता गरे निशुल्क बैंक खाता खोलिदिने घोषणा गरेको छ ।

जेष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त र निम्न आय भएका नागरिकहरुका लागि मासिक रुपमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमा घोषणा गरेको छ । त्यस्तै गाउँपालिकाको  महिला स्वास्थ्य स्वयसेविकाहरुका लागि निशुल्क बिमा कार्यक्रम लागू गर्ने तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकहरुको सेवाको उच्च मूल्याङ्कन गर्दै प्रोत्साहन गर्दै पुरस्कृत गर्ने नीति अबलम्बन गर्ने घोषणा गरेको छ ।

अध्यक्ष बन्जराले सार्वजनिक गर्ने गरेको नीति तथा कार्यक्रममा जटिल प्रकृतिका बिपन्न तथा असाहाय एवम जेष्ठ नागरिक बिरामीको उपचार, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य परीक्षण र सुत्केरी सेवाका लागि अस्पताल आउजाउ गर्न एम्बुलेन्स सेवा निशुल्क गर्ने घोषणा गर्नुभयो । गाउँपालिकाले नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि अश्राङ र खाञ्चोक स्वास्थ्य चौकीमा कम्तिमा एक÷एक जना चिकित्सकको ब्यबस्था गरि सबै वडामा चिकित्सकिय उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै बिपन्न र महिला स्वास्थ्य स्वयसेविकाहरुको निशुल्क बिमा गर्ने घोषणा गरेको छ ।

त्यस्तै कृषि क्षेत्रलाई थप उत्पादनमुखी र रोजगार मुलक बनाई नागरिकको जीवनस्तर उकास्न कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकिकरण र व्यवसायिकरणलाई जोड दिदै आत्मनिर्भरता तर्फ उन्मुख गराउने घोषणा गाउँपालिकाले गरेको छ । गाउँपालिकालाई ५ वर्ष भित्रमा फलफूल, तरकारी र खाद्यान्नमा आत्मनिर्भर बनाउन रणनीति तयार गर्ने,  खाली जमिनलाई खेर जान नदिन सघन खेती प्रणालीका माध्ययमबाट कृषि उत्पादन गर्ने रणनीति कार्यान्वयनमा नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

‘एक वडा, एक पशु प्राविधिक’ पशु घुम्ति शिविरको व्यवस्था गरि घर घरमा पशु स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनमा जोड गाउँपालिका अध्यक्ष बन्जराले घोषणा गर्नु भएको छ । गाउँपालिका भित्रका सम्भाव्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको वृहत्तर एवं एकीकृत विकासको नीति अवलम्बन गर्ने, जनयुद्ध जनआन्दोलन क्रममा सहादत प्राप्त गर्ने शहिद तथा वेपत्ताहरुको सम्मानमा कम्तीमा एक वडा एक योजना तथा परियोजनाहरु सञ्चालन गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।

यस्ता छन् मुख्य प्राथामिकताहरु हेर्नुहोस

भिमसेन थापा गाउँपालिकाद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम
गाउँ टोल र घर घरमा स्थानीय सरकार
ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजबाद उन्मुख गाउँपालिका
नीति तथा कार्यक्रमका महत्वपूर्ण बुँदाहरु
१) शिक्षा सम्बन्धी नीति
• अध्यक्ष प्रबिधीमैत्री बिद्यालय कार्यक्रम
• बिद्यालय नर्स कार्यक्रम
• घुम्ती शिक्षक
• नमुना सिकाई केन्द्र
• बिद्यालय नक्सांङ्कन र दरबन्दी मिलान
• कार्यसम्पादन करार
• स्तरमापन परिक्षा
• अध्यक्षसंग प्रत्यक्ष बिद्यार्थी संबाद
• स्थानीय शिक्षा ऐन तथा नियमावली तयार गरिने
• शिक्षक लघु अनुसन्धान कार्यक्रम
• तालिमको लागी रोष्टर निमार्ण
• शैक्षिक कार्यपात्रो र सिकाई सामाग्री निर्माण
• स्थानीय पाठ्यक्रम निर्माण (भिमसेन थापाको सेरोफेरो)
• राष्टपति रनिङशिल्ड
• बित्तिय तथा सूचना प्रबिधी साक्षरता
• सेनेटरी प्याड
• बिद्यालय सुधार योजना
• एक बिद्यालय एक बगैचा
• प्रबिधीमैत्री सिकाई
• एक शिक्षक एक ल्यापटक
• निजी स्रोत शिक्षक व्यवस्थापन
• मुल्याङ्कन पुस्तीकाको छपाई
• सुचना प्रबिधी तालिम (शिक्षक बिद्यार्थी )
• रातो बंगला फाउण्डेशन
• फनपार्क निर्माण
• घेराबार सहितको सुरक्षित ह।ित बिद्यालय निर्माण
• अन्तर बिद्यालय तथा नमुना बिद्यालय भ्रमण
• प्राबिधिक बहुशिक्षालयमा जोड
• अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ्शिल्ड कार्यक्रम
• बिद्यालय तथा क्याम्पसलाई अनुदान
• गणित ल्याब तथा शिक्षक तालिम
• शैक्षिक सामाग्री निर्माण
• गाउँपालिका अध्यायन बिशेष छात्रबृत्ति कार्यक्रम
• गाउँपालिका अध्यक्ष रनिङशिल्ड प्रतियोगीता
• बिद्यालय स्काउट रेडक्रस कार्यक्रम
• दुल्लभ बहुमुखी क्याम्पसलाई गणस्तरीय बनाईने
• भिमसेन थापा बहुप्राबिधिक शिक्षालयको स्थापना
• उपाध्यक्ष शिक्षा कार्यक्रम
• बिद्यालयमा करियर काउन्सिलङ कक्षा
• घुम्ती योग शिबिर
२) स्वास्थ्य सम्बन्धी नीतिहरु
• घरदैलो स्वास्थ्य सेवा
• जेष्ठ नागरिक, बिपन्न तथा असाहय, गर्भवती तथा सुत्केरी महिलाहरुक.लाई निःशुल्क एम्बुलेन्स
• महिला स्वास्थ्य स्वयमसेविकाको लागी निःशुल्क स्वास्थ्य बिमा
• आमा घर कार्यक्रम
• प्रयोगशालाको क्षमतामा बृद्धि
• सबै स्वास्थ्य चौकीमा कम्तीमा पनि १ चिकित्सको व्यवस्था गरिने
• बृद्धाश्रमका रहेका बृद्धाहरुको निशुल्क बिमा
• बिशेष पोषण कार्यक्रम
• मुटु, मृगौला, क्यान्सर रोग पहिचानको लागी शिबिर संचालन
• आँखा जाँच शिबिर तथा क्याम्प
• बैकल्पिक चिकित्सा (आयुर्वेद, पकृतिक, योग)
• सहिद, बेपत्ता, अपाङ्ग तथा निम्न आय भएकालाई स्वास्थ्य बिमा गर्न बिशेष योजना
• स्वास्थ्य कार्यायलहरुमा बैकल्पिक उर्जा प्रयोग गरि २४ घण्टा बिद्युत
• स्वस्थ्यकर्मी सम्मान तथा पुरस्कृत
३) कृषि सम्बन्धी
• माटो परिक्षणको लागि घुम्ती शिविर
• गुणस्तरिय बिउ बिजन बितरण
• नर्सरी व्यवस्थापन
• फलफूल तरकारी र आद्यन्नमा आत्मनिर्भर
• बालि बिमा कार्यक्रम
• कृषि तथ्याङ्क संकलन र किसान सुचिकरण
• कृषि संकलन केन्द्र र कृषि एम्बुलेन्स
• कृषि हाटबजार र बजार व्यवस्थापन
• बाँझो जग्गामा खेती गर्न कृषकलाई प्रोत्साहन
• बहुउपयोगी बिरुवा रोपण कार्यक्रम
• चिस्यान तथा चिलिङ केन्द्र स्थापना
• स्थानीय रैथाने कृषि उत्पादनको संरक्षणको लागी जीन बैंकसंग आवश्यक सहकार्य
• साना चिलिङ मेसिन अनुदानमा बितरण
• प्रशोधन केन्द्र स्थापना
• बाँदर नियन्त्रणका लागी आवश्यक कार्यक्रम
• महिलामैत्री कृषि उपकरणहरुमा जोड
४) पशु विकास सम्बन्धी नीति
• बाख्रा तथा भैसी पकेटक्षेत्र घोषणा
• माउ, प्रबिधी र ब्याडको व्यवस्था
• दुग्ध करिडोरको व्यवस्था
• उन्नत घाँस बिकास स्रोत केन्द्रको स्थापना
• पशु बिमा कार्यक्रम
• उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन
• एक पालिका एक भेटनरी डाक्टरको व्यवस्था
• एक वडा एक पशु प्राबिधिक
• छाडा कुकुरको बन्ध्याकरण
• कृतिम गर्भधान मिसन कार्यक्रम
५) उद्योग तथा पर्यटन सम्बन्धी निती
• औद्योगीक ग्राम निर्माण
• कृषि जन्य बस्तुको प्रसोधन उद्योग संचालन
• स्थानीय कच्चा पदार्थमा आधारीत उद्योग संचालन
• लघु तथा घरेलु उद्यम संचालन गर्न सीपमुलक तालिम
• जमिनको चक्लाबन्दी, भूमीबैंक, श्रमबैंकको स्थापना
• एक वडा एक घरबास (होमस्टे) कार्यक्रम
• एक वडा एक पर्यटकीय स्थल, अन्तर वडा पर्यटकीय संजाल निर्माण
६) युवा तथा खेलकुद नीतिहरु
• पूर्वधार निर्माण, प्रशिक्षण तथा बिभिन्न खेलकुल प्रतियोगीता
• एक वडा एक खेलमैदान
• युवाहरुलाई रोजगारमुखी सीप तालिम (ड्राईभिङ, कम्प्युटर, इलेक्टिसियन)
• लोकसेवा आयोग तयारी कक्षा
• गाउँप्रहरी गठन तथा परिचालन
• राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादनको लागी तालिम
• स्वरोजगार बिकासको लागी सहुलियत कर्जा
• युवा क्लबहरु गठन गरी गाउँपालिका अध्यक्ष युवा संजाल निर्माण
७) सहकारी तथा अन्य बित्तिय क्षेत्र सम्बन्धी नितीहरु
• कृषि, बहुउद्देश्यिय, श्रम सहकारीको स्थापना र संचालन
• एक व्यक्ति एक सहकारी सदस्य, एक सहकारी एक उत्पादनको नीति
• पालिकामा सहकारी हेर्ने गरी कर्मचारीको व्यवस्था
८) सामाजिक बिकास सम्बन्धी नितीहरु
• उपाध्यक्ष नेतृत्व बिकास तथा किसोर किसोरी शिक्षा कार्यक्रम
• जोखिममा परेका नागरिकको लागी सुरक्षित सेल्टरको कार्यक्रम
• गरिबसंग विसेश्वर ः आफना् गाउँ आफै बनाउ जस्ता कार्यक्रम निरन्तरता
• शहिद तथा बेपत्ताहरुको स्मरणमा हरेक वडामा कम्तीमा एक परियोजना
• पारिवारिक पुनः मिलन कार्यक्रम
• मनोसामाजिक परामर्श कार्यक्रम
• बृद्धाश्रमको लागी आवश्यक योजना निर्माण
९) महिला बालबालिका किशोर किशारी जेष्ठ नागरिक तथा समाज कल्याण नीति ः
• लक्षित समुदायको सशक्तिकरणमा टेवा पुर्याईने
• मनोबैज्ञानिक परामर्श
• एकल महिला सहयोग कोष र अपाङ्गता सहयोग कोषको स्थापना
• उपाध्यक्षसंग महिला लक्षित कार्यक्रम
• एकीकृत संकटमोचन केद्रको स्थापना
• सुरक्षाभक्ता घर घर मा उपलब्ध तथा जेष्ठ नागरिक सम्मान
• तथ्याङ्को डिजिटल प्राणालीमा व्यवस्थीत
१०) संस्कृती प्रबद्र्धनका नीतिकार्यक्रमहरु
• संस्कृती संरक्षण कार्यक्रम
• दलित, मुस्लिम, बराम लगायत पिछडीएका जनजाती र बर्ग समुदायको उत्थान कार्यक्रम
११) न्यायिक समिति सम्बन्धी नीति ः
• वडामा मेलमिलाप केन्द्रको स्थापना
• न्यायिक समितिलाई प्रभावकारी बनाउन १ जना कानुनी सल्लाहकारको व्यवस्था
• लक्षित समुहलाई कानुनी परामर्श तालिम
१२) पूर्वाधार बिकास कार्यक्रमका नीतिहरु
• झिंगेटे बोलार्ङ महादेबटार सडक स्तरोन्नती
• कयापानी चौतारा धावा बलिमटार सडक
• क्यामुनटार घाटबेसी आरुघाट सडक
• भिमसेन थापा चक्रपथ निर्माणलाई प्राथमिकता
• गाउँ यातायात गुरुयोजन
• सबै वडामा हेलिप्याड र बसपार्कको संभावना अध्यायन
• पाँचबर्षे सडक रणनीतिक योजना
• सडक दायाँबाँया हरियाली प्रबद्धन कार्यक्रम
• फोहोर व्यवस्थापन गर्न योजना बैंक निर्माण
• पूर्वधार बिकासमा डिपीआर निर्मार्ण
• वडाबाट पालिका कार्यालय सम्म यातायत संचालन
• भिमसेन थापा स्तम्भ, सहिद स्तम्भ र बाटिका निर्माण
• निर्माणमा निजि तथा सार्वजनिक साझेदारी नीति योजना
• घाट, चिहान तथा कब्रस्थानको व्यवस्था
• शव बाहनको व्यवस्था
• एक वडा एक गौरवको आयोजना
• सहिद तथा बेपत्ताहरुको नाममा बिभिन्न आयोजना
• एक वडा एक श्रम सहकारी
• लागत साझेदारीमा झोलुंगे पुल
• मेगा तथा स्मार्ट सिटीमा सम्भाव्यता अध्यायन
• अन्तर्राष्ट्रिय स्तरको तिर्थस्थलहरुको अध्यायन
• पालिका स्तरको ल्याण्डफिल्ड साईड निर्माण
• जिआईएस म्यापिङ कार्यका लागी पहल
१३) उर्जा खानेपानी, सरसफाई तथा सिंचाई नीतिहरु
• सबै वडामा बैकल्पिक उर्जाको व्यवस्था
• घ्याम्पेशाल सब स्टेशनको काम सम्पन्न गर्न पहल
• एकघर एक धारा कार्यक्रम निरन्तरता
• साना लिफ्ट्टिङ खानेपानी योजनालाई बिद्युत महसुलमा अनुदान
• सार्वजनीक, एतिहासिक, धारा, कुँवा तथा पोखरीको संरक्षण
• बहुउपयोगी पुनजलिय (रिफिल ट्यांक निर्माण)
१४) भवन तथन बिकास सम्बन्धी नीतिहरु
• नक्सा पास प्रकृयालाई अनलाईन
• एकीकृत बस्ती बिकास कार्यक्रम
• बुढिगण्डकी डुबान प्रभावितलाई पुनःबास र स्थापनाको पहल
• बाताबरणमैत्री गाउँपालिका
१५) सूचना प्रबिधी तथा संचार सम्बन्धी नीतिहरु
• वडा तथा पालिकामा सूचना केन्द्र र नागरिक हेल्प डेक्स स्थापना
• गुणस्तरीय इन्टरनेटमा पहल र स्मार्टपालिको रुपमा बिकास गरिने
• पारदर्शिताको लागी वेव पोर्टल निर्माण
• मोबाईल एप मार्फत घर घरबाट नै सेवा संचालन गरिने
• आवश्यताको ठाउँ पहिचान गरि निःशुल्क वाईफाईको व्यवस्था
• पालिकाको मुख्य नाका तथा बजारक्षेत्रमा सिसी क्यामरा जडान
• ओपन डाटा प्राणाली अवलम्बन
• हरेक बिद्यालयमा इन्टरनेटको व्यवस्था
• पालिकाको आफ्नै डाटा सेन्टरको स्थापना
• अनलाईन भुक्तानीको सुरुवात
१५) बन तथा बाताबरण ः
• बाताबरणीय प्भाव मुल्याङ्कन र बायो इन्जिनियरिङको प्रबिधी
• बृक्षरोपण तथा नर्सरी स्थापना कार्यक्रम
• जैबिक स्रोत संरक्षण अभियान
१६) बिपद व्यवस्थापन ः
• बिपद व्यवस्थापन केन्द्र स्थापना
• बिपद व्यवस्थापन कोषको बृद्धिगर्न पहल गरिने
१७) शुसासन तथा संस्थागत बिकास ः
• सूचना केन्द्र हेल्प डेक्स, पोर्टल निर्माण
• मुस्कमान सहितको सेवामा जोड
• पालिकाको सुसासनको निती तर्जुमा गरी लागु गर्ने
• गुनासो सुनुवाई कक्षाको व्यवस्था
• गरिब परिवारलाई आत्म निर्भर बनाउन थप योजना निर्माण
• जनप्रतिनीधि तथा कर्मचारीको श्रमता विकास गर्न तालिमको व्यवस्था
१८) अन्य बिबिध ः
• उत्कृष्ट कर दातालाई सम्मान
• गेटवे मार्फत भूक्तानीको व्यवस्था
• गुनासो व्यवस्थापनलाई प्रभाबकारी
• सबै बिद्यालय, वडा, स्वास्थ्य संस्थामा बिद्युतिय हाजिरि
• देश तथा बिदेश एवम् अन्य पालिकासंग भगेनी सम्बन्ध
• भिसेनथापा , जनयुद्धको संग्राहलय र स्मारीका प्रकाशन गर्ने
• एक घर एक स्वयंसेवक
• अनलाईन अडियो (रेडियो) भिडियो (टिभी) र सामाजिक संजालको स्थापना र बिकास
Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.