Trending

गाेरखामा भयाे मुटु नै काप्ने यति ठूलाे घटना ः खाना पकाउने ग्यास पडकिँदा गाेरखामा एक बृद्धाकाे मृत्यु, शरीर पुरै जलेर अँगार

गोरखा, ४ असार ।
गोरखामा ग्यासको सिलिण्डर पड्केर एक घरमा आगलागी हुँदा एक जना वृद्धाको जलेर मृत्यु भएको छ । गोरखाको शहिदलखन गाउँपालिका ७ बुंकोटकी ६९ वर्षीया केशरिमायाँ वस्तिको जलेर मृत्यु भएको हो । मृतक वस्तिको घरमा ग्यासको सिलिण्डर पड्केर आगलागी हुँदा उनको शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार घर र घरभित्र रहेका सामान पनि सबै जलेर नष्ट भएको छ । घरमा आगलागी भएको आज बिहान मात्र थाहा भएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँकाे वरपर कुनै पनि घर नभएकाे र घरमा बिगत केही समयअघिदेखि एक्लै बस्दै अाउनुभएकी वस्तीकाे घरमा कतिबेला र कसरी अागलागी भयाे भन्ने कसैलाइ पनि थाहा नभएकाे बताइएकाे छ । बिहान मात्रै घर जलेकाे अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेपछि स्थानीय र प्रहरी घटनास्थल पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker