गोरखाको लिगलिगकोटलाई प्रदेशस्तरकै पर्यटकीय स्थल बनाउन बजेट बिनियाेजन

गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०७९/०८० को लागि गतबर्षको भन्दा पाँच अर्ब बढि अर्थात ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार अर्थमन्त्री रामजी बराल ‘जीवन’ले प्रदेशसभामा आगामी बर्षको कार्यक्रमसहित सो रकम बर
बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट प्राप्त ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड ७० लाख, विशेष अनुदानतर्फ ८६ करोड प्राप्त हुने अनुमान छ । प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड १६ लाख र रोयल्टी बाँडफाँडबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले गोरखालगायत हिमाली क्षेत्रमा स्याउ उत्पादनमा अभिवृद्धि गरी स्याउ आयातलाई प्रतिस्थापन गर्ने कार्यक्रमका लागि १७ करोड ५० लाख विनियोजन गरेको छ ।

एक स्थानीय तह एक पर्यटन पदमार्ग कार्यक्रमअन्तर्गत गोरखा नगरपालिका १४ को हटियादेखि बूढीकोटसम्म पदमार्ग निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरेको छ ।

त्यस्तै रिडीदेखि लिगलिगकोटसम्म गण्डकी टे«ल निर्माण गर्ने कार्यक्रम पनि सुरुवात गरिएको बजेट भाषणमा उल्लेख गरिएको छ । गोरखाको लिगलिगकोटलाई प्रदेशस्तरकै पर्यटकीय स्थल बनाउने कार्यक्रम पनि यसपटकको बजेटमा संलग्न छ ।

त्यस्तै पालुङ्टार, घ्याल्चोकटार, पिपलटारका नदी किनारका फाँटमा सतह, लिफ्ट तथा भूमिगत जलस्रोतको प्रयोग गरी बर्षैभरि सिँचाइ सेवा प्रदान गर्ने कार्यक्रम पनि यसबर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

शहिद दिलबहादुर रम्तेल स्मृति उच्च शिक्षा अध्ययन प्रोत्साहन छात्रवृत्तिका लागि ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ । गोरखा अस्पतालमा डाइलासिस सेवा सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गर्ने घोषणा गरेको छ ।

गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सडक सञ्जालसित जोड्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ । त्यस्तै आरुघाट हुँदै तिब्बतको रुइला जोड्ने सडकको बाँकी खण्ड निर्माणको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरेको छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.