पालुङटार ७ का कुमाल पुलबाट मर्स्याङदीमा हामफालेर बेपत्ता

गाेरखा, जेठ २६

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ का ५२ बर्षीय रेशम  कुमाल मर्स्याङदी नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

बुधबार दिउँसाे करीब ४ बजेतिर पालुङटार नगरपालिका वडा नं. ७ स्थित कुमालटारीमा रहेकाे पुलबाट मर्स्याङ्दीमा हामफालेकाे देखेकाे एक स्थानीयले बताए । लगत्तै प्रहरीलाइ खबर गरी खाेजी कार्य जारी रहेकाे छ । बाढीका कारण उनलाइ अहिलेसम्म भेटाउन नसकिएकाे अस्थायी प्रहरी कार्यालय बिरूवाटारले जनाएकाे छ । हाल खाेजी कार्य भने निरन्तर रूपमा चलिरहेकाे छ ।

निज कुमाल वडा नं. ७ काे झुसेटार टाेलमा बस्दै अाएका थिए । बिगत केही समयदेखि मानसिक सन्तुलन गुमाएकाे परिवार श्राेतले बताएकाे छ । निजकाे श्रीमतीसहित ३ छाेराहरू छन् ।

Back to top button
Skip Add
Close