कार र माेटरसाईकल ट्याङकरमा ठाेकिदा १ जनाकाे मृत्यु

भरतपुर । मंगलबार बेलुकी ६ः४५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं-४, रमाइलो डाँडास्थित पृथ्वी राजमार्गमा कारसँग मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक गोर्खाको शहीद लखन गाउँपालिका वडा नं ४ का २३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमको लागि भरतपुर अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नं को कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नं को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडीपट्टिको साइड लाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नं को तेल ट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालक चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले अवरुद्ध सडक बेलुकी ८ः५० बजेदेखि खुला गरेको हो । दुर्घटनापश्चात करिब १५० जना स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरीले ठक्कर दिने ट्याङ्कर, ट्याङ्करका चालक, कार र कारका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.