Trending

गाेरखा अजिरकाेटकाे अध्यक्ष र उपाध्यक्षमा माअाेेवादी केन्द्रका देवकाेटा र भुजेल

गोरखाको अजिरकोट गाउँपालिका माओवादी केन्द्रले जितेको छ ।

माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका दिपक देवकोटाले ३७८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोबिन्द गुरुङले ३२८९मत ल्याए ।

उप प्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार अनिता भुजेल बिजयी भएकी छिन् ।

नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार इन्द्र गुरुङलाई हराउँदै उनले ३५३२ मत ल्याएर बिजयी भईन । गुरुङले ३३६१ मत ल्याएको अजिरकोट गाउँपालिकाका मूख्य निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए ।

गोरखाको ११ पालिका मध्ये मत गणना सकिएको अजिरकोट पहिलो हो । यस अघि उक्त पालिका नेपाली कांग्रेसले जितेको थियो । अजिरकोट १, २, ३ माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् भने कांग्रेस वडा नम्बर ४ र ५ मा बिजयी बन्यो ।

२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट देवकोटा र भुजेल नै अध्यक्ष उपाध्यक्षका उम्मेदवार थिए । कांग्रेसका उम्मेदवार सँग पराजित उनीहरुले अहिले बिजयी हाँसिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker