Trending

खुला नगरस्तरीय ब्याडमिन्टनकाे उपाधी बिपिन र सुमनकाे जाेडीकाे पाेल्टामा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ काे च्याङली बिरूवाटारमा सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको उपाधी बिपिन र सुमनकाे जाेडीले हात पारेकाे छ ।                च्याङली स्पाेर्ट क्लबकाे अायाेजनामा सम्पन्न प्रथम नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा वडा नं ८ धुवांकाेटका नारायण गुुरूङ र सुमन गुरूङकाे जाेडीलाई कडा प्रतिस्पर्धाका साथ हराउँदै वडा नं ७ खत्रीटारका बिपिन के.सी र सुमन खत्रीकाे जाेडीले उपाधि जितेकाे हाे । त्यस्तै गरी राम बहादुर अधिकारी र हरिराम खत्रीकाे जाेडीलाई हराउँदै जीवन बराल र पुननारायण कुमालकाे जाेडी तृतीय भएकाे थियाे ।                                                                                                                                               वडा नं ७ का वडाध्यक्ष बसन्तकुमार श्रेष्ठको प्रमुख अातिथ्यतामा सम्पन्न साे प्रतियाेगितामा प्रथम हुनेलाई नगद रू.५००० नगद, प्रमाणपत्र र ट्रफी र द्वितीय हुनेलाई नगद रू.३०००,प्रमाणपत्र र ट्रफी प्रदान गरिएकाे क्लबका खेल संयाेजक राजु कुमालले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker