तनहूँ । शुक्रवार राति बन्दिपुर गाँउपालिका वडा नं. ६ घरमपानीको भित्री सडकखण्डमा भएको दुर्घटनामा घाईतेहरुको चितवनमा उपचार भईरहेको छ । हिजो राति करिब ८ः३० बजे भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको र ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । मृतकहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल दमौलीमा राखिएको र घाईतेहरुलाई भरतपुर शिक्षण अस्पताल लगिएको छ ।
मृतक तथा घाईतेहरु सबै बन्दिपुर गाँउपालिका वडा नं. ६ कै बासिन्दा रहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
बन्दिपुर दुर्घटनामा ६ जनाको मृत्यु र ८ जना घाईते
Facebook Comments Box