हराएकाे १८ दिनपछि नगद १ लाख ५० हजार सहितका सामग्री फेला परेपछि …………

गाेरखा, पाैष १६
हराएकाे १८ दिनपछि नगद १ लाख ५० हजार सहितका सामग्री फेला परेकाे छ । १४/१५ दिनसम्म खाेजी गर्दा समेत सामग्री हरू फेला नपरेपछि अब पाइदैन हाेला भनेर अाश मारिसकेकी थिइन मिना गुरूङले ।
गत मंसिर २७ गतेका दिन पालुङटार नगरपालिका वडा नं ७ च्याङली पुर्णेपिपल देखि नयाँपुलसम्म जाने क्रममा मिना गुरूङकाे नाममा रहेकाे लाईसेन्स ग२० प ६८०५ नं काे स्कुटरकाे बिलबुक, नगद १ लाख ५० हजार, Redmi mobile र नागरिकतासहित काे पर्स खसेर हराएकाे थियाे ।
उनले पाउने अाशा मरेपछि नागरिकता, लाइसेन्स, बिलबुक लगायत सबैकाे प्रतिलिपी बनाइसकेकी थिइन । शुक्रबार बिहान एक्कासी घरमा अाएर एकजनाले सबै सामग्री सहितकाे झाेला जस्ताकाे तस्तै पाएपछि गुरूङ दङ्ग परिन ।
सबै डकुमेन्टहरू हिजाेमात्र बनाएर सकें, अाज पाएँ । जे हाेस ढिलै भएपनि सबै सामानहरू जस्ताकाे तस्तै पाएँ अनि पैसा पनि , तेसैले खुशी लाग्याे । उनले भनिन । हराएकाे सामान घरमै ल्याएर दिएकाेमा खुशी व्यक्त गर्दै उनले सामान भेटेर ल्याइदिने स्थानीय इश्वर कुमाललाइ धन्यवाद दिदै केही नगद समेत दिइन ।
मंसिर २७ गते नै हराएकाे सामान भेटाएका इश्वर कुमाल भने सामाग्री भेटेर घरमा राखेर काठमाण्डाै गएका कारण काठमाण्डाैबाट फर्केलगत्तै गुरूङकाे घरमा अाएर सामान फिर्ता गरेकाे बताए । उनले शुरूमा सामान कसकाे हाे भनेर थाहा नपाएका कारण तत्काल फिर्ता नगरेकाे भएपनि पछि साे कुरा थाहा पाउने बित्तिकै गुरूङकाे घरमा गएर फिर्ता गरेकाे र अरू कसैले अर्काकाे सामान पाएमा इमान्दारीपूर्वक फिर्ता गर्न समेत सबैमा अनुराेध गर्नुभययाे ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.