तनहूँ । पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष एवं तनहूँ उद्घोष दैनिकका प्रकाशक एवं कार्यकारी सम्पादक उज्वल पौडेल दुबईमा सम्मानित हुनुभएको छ । पौडेललाई दुवईमा आयोजित तेस्रो अन्तराष्ट्रिय सामाजिक अवार्डमा सम्मानित गरिएको हो । उक्त अवार्ड कार्यक्रममा उहाँलाई युथ जर्नलिस्ट अफ द इअर बाट सम्मानित गरिएको हो । ”पौडेलले पत्रकारितामा लागेर समाज र देशलाई पौडेलले पुर्याएको योगदान स्वरुप उहाँलाई सम्मान गरिएको” आयोजकहरुको भनाई रहेको छ । पत्रकार पौडेल तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. १० का बासिन्दा हुनुहुन्छ ।