तोयानाथ अधिकारीको नाममा हुलाक टिकट प्रकाशन गर्नुपर्ने

सुन्दरवजार नगरपालिका वडा नं. ४ दुराडाँडा बाटेगरामा ५६ औं तोयानाथ स्मृति दिवस मनाईएको छ ।
हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान लमजुङको आयोजनामा हलो क्रान्ति स्थल बाटेगरा दुराडाँडाँमा दिवस मनाईएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी लमजुङका अध्यक्ष रामबाबु अधिकारीले पण्डित तोयानाथ अधिकारीको सपनालाइ साकार पार्न उहाँको  नाममा हुलाक टिकट प्रकाशन गर्नुपर्ने बताउनुभयो ।

दुराडाँडाँको विकासमा राजनीतिक आस्थाभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ४ का  वडा अध्यक्ष  कृष्णराज खनिया, तोयानाथका पण्डितका कान्छा छोरा सषिकान्त अधिकारी, युथ कांग्रेस लमजुङका अध्यक्ष बिराट न्यौपाने, नेकपा एकीकृत समाजवादी लमजुङका सदस्य पशुपति खनिया, एकीकृत समाजवादी सुन्दरबजार नगर कमिटी अध्यक्ष कृष्ण के.सी., समाजसेवी रामचन्द्र अधिकारी, नेपाली कांग्रेस वडा नं. ४ का सभापति कृष्णविलास न्यौपाने, नेकपा एमाले नगर कमिटीका सदस्य दिपकराज अधिकारी, नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि भक्तकुमार बि.क., प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङका प्रमुख दिपक अधिकारी, दुराडाडा स्टार क्लबका कार्यबाहक अध्यक्ष आशिष पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

 

कार्यक्रम प्रतिष्ठानको  अध्यक्ष  दिपक पौडेलको अध्यक्षतामा भएको  थियोे । कार्यक्रममा निरा नेउपानेले  स्वागत भाषण गर्नु भएकोे थियोे । कार्यक्रमको संचालन सचिव लक्ष्मिकान्त नेउपानेले गर्नुभएको थियो । विक्रम सम्बत २००६ साल साउन ११ गतेका दिन पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा शेषकान्त अधिकारी, हरिभक्त पौडेल, श्रीकान्त अधिकारी, मायानाथ पौडेल लगायत २७ जना बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थियो । त्यतिबेला तत्कालीन सरकार प्रमुख श्री तीन मोहन सम्शेर को पालामा ‘बडा हाकिमले पठाएको’ भन्दै हलो जोतिएको एक वर्ष पछि २००७ साल साउन ११ गते पण्डित तोयानाथ, शेषकान्त र श्रीकान्त अधिकारीलाई सरकारले गिरफ्तार गरेर जेल समेत चलान गरेको थियो ।

दुराडाँडामा २००६ साल साउन ११ गते बाहुनले हलो जोतेपछि अन्य जिल्लामा पनि यसले ब्यापक रुप लिएको बताइन्छ । सोही सालको पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ साल वैशाखमा अर्घखाँची र गोरखा साथै २००८ सालमा स्याङजामा पनि हलो जोत्ने अभियान शुरु भएको विभिन्न लेखकहको लेखमा उल्लेख छ । यस घटना, ‘हलोक्रान्ति’ को रुपमा अंकित छ । नेतृत्वकर्ता अधिकारीको २०२२ सालमा निधन भएको थियो । मायानाथ पौडेलको ९१ बर्ष उमेरमा २०७३ जेठमा निधन भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.