
जिल्ला प्रहरी कार्यालय गोरखाले पाँच जना फारर अभियुक्तहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट बिभिन्न मुद्धामा कैद सजाया तोकिएको तर अहिले सम्म फरार रहेकाहरुलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
पक्राउ पर्नेहरुमा बहुबिवाह मुद्धाका पालुङटार नगरपालिका ४ का जिबन बस्नेत रहेका छन् । उनलाई आठ ११ महिना आठ दिन कैद सजाया तोकिएको छ । चोरी मुद्धाका गोरखा नगरपालिका १२ का दिपक कुमाललाई ७ दिनको कैद सजाया तोकिएको थियो । यस्तै अन्य तीन जना सवारी ज्यान मुद्धाका फरार अभियुक्त छन् ।
पाँच महिना चार दिन सजाया तोकिएको शहीदलखन गाउँपालिका ३ का अमित नेपाली, ११ दिन सजाया तोकिएका गोरखा नगरपालिका ४ का सकबुल मियाँ, चार दिन कैद सजाया तोकिएको गण्डकी गाउँपालिका २ का होमबहादुर थापा रहेका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा पेश गरिएको र अदालतले मंगलवार नै सजाया भुक्तानका लागि कारागार चलाउन गरेको प्रहरीले जनाएको छ । गोरखा प्रहरीले पछिल्लो समय फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ ।