Trending

खच्चड धपाउँदै गएका एकजना भिरबाट लडेर एक जना बेपत्ता

उत्तरी गोरखामा भिरबाट लडेर एक जना बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका वडा नं ४ सिर्दिबासीबाट नामरुङ तर्फ जादै गर्दा ४१ वर्षीय विर बहादुर घर्ती म‌ंगलबार दिउसो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखा डिएसपी प्रकाश दाहालले बताए ।

सिर्दीबासबाट २६ वटा खच्चड धपाई नामरुङ तर्फ जाने क्रममा बाग्लुङ निसीखोला गाउँपालिका वडा न ६ का घर्ती बेपत्ता भएका हुन् । उनी कच्ची सडकमा एक्कासी लड्न गई एक सय ५०मिटर तल बुढीगण्डकी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका घर्तीको झोला, झोला भित्र रहेको पर्स, मोबाईल र मतदाता परिचयपत्र फेला परेको तर मान्छे भने हाल सम्म फेला पर्न नसकेको डिएसपी दाहाले जानकारी दिए ।

उनी भिरबाट खसी बुढीगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
खच्चड धनी चुमनुब्री गाउँपालिका वडा नं ३ चिसापानीका दिपेन्द्र गुरुङले लार्के प्रहरी चौकीमा खबर गरेपछि अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker