मोरङ काँग्रेस अधिवेशनमा शक्ति र पैसाको दम्भ प्रदर्शन गरिएको आरोप

विराटनगर । नेपाली काँग्रेसका आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढंगको व्यवहार प्रदर्शन गरिएको आरोप लगाइएको छ ।
नेपाल काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको सभापति निर्वाचनमा अमर्यादित गतिविधि भएको आरोप संस्थापन पक्षले लगाएको हो ।

मंगलबार सभापतिको उमेद्वारको मत परिणाम सार्वजानिकसँगै बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रीय सदस्य अमृत अर्याले शक्ति र सामथ्र्यका अगाडि पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन खोज्नेहरुलाई योजनाबद्धरुपमा पराजित गराइएको धारणा राखेका हुन् ।
क्रियाशील सदस्यता वितरणबाट सुरु भएको षड्यन्त्र निर्वाचनस्थल कब्जा गर्नेदेखि लामो समय पार्टी राजनीतिमा योगदान गरेकाहरुलाई वडातहमै हराउनका लागि ठूलो धनराशि खर्च गर्नेसम्मका गतिविधिले भएको अर्यालले बताए । पछिल्ला गतिविधिले नेपाली काँग्रेसलाई कमजोर बनाएको र आन्तरिक प्रतिष्पर्धालाई स्वस्थ बनाउने प्रयत्नमा बाधा पुगेको बताए । उनले यस प्रकारको प्रवृत्तिले पार्टीको हित नगर्ने र आगामी दिनमा आउँदै गरेको स्थानीय तह र अन्य निर्वाचनहरुमा पनि क्षति हुनसक्ने चिन्ता व्यक्त गरे ।

नेपाली काँग्रेस मोरङको सम्पन्न निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार दिलिप गच्छदार पराजित भएका थिए । काँग्रेस नेता डा. शेखर कोइराला समर्थित समूहका उम्मेदवार डिकबहादुर लिम्बू निर्वाचित भए । नेपाली काँग्रेसको सभापतिको दाबी गर्दै आएका डा. कोइरालाले जिल्लामा एउटा समूहलाई पूर्णरुपमा निषेध गरेर गुटको मात्र नेतृत्व गर्न खोजेको भन्दै अर्यालले देशकै नेतृत्व गर्छु, पुरा काँग्रेसको नेतृत्व गर्छुभन्ने नेताले कमिलाको जत्रो छाती बनाए र गुटगत प्रवृत्तिका साथ व्यवहार गरे । संस्थापन समूहको तर्फबाट करिव एक हजार मत लिएर २५ सय मत भएको समूहसँग प्रतिष्पर्धा गरेको भन्दै अर्यालले तीन जना केन्द्रीय सदस्यहरुले सहमतिको नाममा आफूलाई तीनदिनसम्म अल्मल्याएका कारण पनि चुनाबी परिणाम अस्वभाविक आएको दाबी गरे ।

आफूहरु पार्टीभित्र गुटका आधारमा लामो योगदान भएका नेताहरुलाई अपमान गर्ने र उनीहरुलाई भूमिकाविहीन बनाएर जान नहुने पक्षमा रहेको पनि बताए ।
पत्रकार सम्मेलनमा नेता अर्यालले प्रदेशको नेतृत्व पनि सहमतिका आधारमा अघि बढाउने पक्षमा आफूहरु रहेको बताएका छन् । संस्थापन इतर पक्षले उम्मेदवारी घोषणा गरिसकेपनि सहमति बनाउन भोलिसम्म कुर्ने उनले बताए । ‘हामी भोलिसम्म सहमतिको प्रयास गर्छौं, भोलिसाँझसम्म सहमति बनेन भने हामीले उम्मेदवारीको विषयमा एउटा निर्णय लिन्छौं ।’ प्रदेश १ मा संस्थापन पक्षले ७ वटा जिल्लामा सभापति जितेको छ भने कोइराला पक्षले पनि ७ वटै जिल्ला जितेको छ । झापा जिल्लामा भने कृष्णप्रसाद सिटौला पक्षधर समूहले सभापति जितेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.