Trending

सडकबाट गुडिरहेको बस खोलामा खस्दा ४ जनाको मृत्यु

रोल्पा २, मसिंर ।

सडकबाट गुडिरहेको बस खोलामा खस्दा ४ जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका २, मा अघि साँझ बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो ।

दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा सडकबाट माडी खोलामा खसेको हो । दुर्घटनामा अन्य ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मृत्यु हुनेमा ३ जना पुरुष र १ जना महिला रहेका छन् । मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाई छ । घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker