Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
भिरबाट खसेर घाँस काट्न हिँडेका ७० वर्षिय वृद्धको मृत्यु

भिरबाट खसेर घाँस काट्न हिँडेका ७० वर्षिय वृद्धको मृत्यु

२५ कार्तिक, घोराही-
दाङमा भिरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १ पातेघार निवासी ७० वर्षिय जरसिङ कामीको भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक नविन चुडालीले जानकारी दिनुभएको छ ।

हिजो दिउँसो ४ बजेतिर घाँस काट्न भनि निस्कीएका कामीको आफ्नै घर नजिकको बारीमा घाँस काट्न गएको समयमा भिरबाट अन्दाजी ५० फिट तल खसेर मृत्यु भएको हो । उनी घर नआएपछि आफन्तीले खोजतलास गर्ने क्रममा आज बिहान ६ बजेतिर मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

साथै उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीको भनाइ छ ।।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.