Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
भाइटिकाकै दिन माेटरसाइकल दुर्घटना हुँदा एक युवा गंभीर घाइते

भाइटिकाकै दिन माेटरसाइकल दुर्घटना हुँदा एक युवा गंभीर घाइते

गोरखा २१, कार्तिक ।

गोरखा सदरमुकाम मोटरसाइकल दुर्घटनाग्रस्त भएको छ । शनिबार दिउसो भएको दुर्घटनामा परी तान्द्राङका १ जना युवक गंभिर घाईते भएका छन् । गोरखा नगरपालिका १० को बिरेनचोकमा भएको दुर्घटनामा परी गोरखा तान्द्राङका २६ बर्षिय निरजन बराम गंभिर घाईते भएको गोरखा प्रहरीले जनाएको छ ।

गोरखाबाट आँबुखैरेनी तर्फ जादै गरेको ना. ५१ प ७०४३ नम्बरको २२० को पल्सर र खैरेनी देखी गोरखा बजार तर्फ आउदै गरेको ना. २४ प ९१०८ नम्बरको भिआर मोटर साईलक एक आपसमा ठक्कर खादा पल्सरमा सवार बराम गंभिर घाईते भएका हुन् ।

उनको गा्ेरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी भरतपुर मेडिकल कलेज लगिएको छ । घाईते बरामको दाँहिने खुट्टा भाँचिएको छ भने टाउको र शरिरका अन्य भागमा समेत चोट लागेको छ ।

बराम संगै सवार उनका ८ बर्षिय भान्जा रञ्जित बराम भने सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

भिरआरमा सवार गोरखा नगरपालिका १० का २३ बर्षिय आकाश कुमाल भने सामान्य घाईते भएका छन् । कुमालले विपरीत दिशाबाट आएको बरामको मोटरसाइकललाई ठक्कर दिएको स्थानियको भनाइ छ ।

कुमालको गोरखा अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ । अस्पतालले डिस्चार्ज गर्नासाथ उनलाई जिल्ला प्रहरी कार्यालय ल्याउने सुचना अधिकारी दाहालले बताउनुभयो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.