गहना लुटने क्रममा घाइते बनाइएकी महिलाकाे गण्डकी मेडिकल कलेजमा उपचार हुँदै

२१ कार्तिक

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित मजुवा निवासी बर्ष ६० कि भिमकुमारी क्षेत्री काे गण्डकी मेडिकल कलेज पाेखरामा उपचार भइरहेकाे छ । कार्तिक १९ गते साँझपख स्थानीय डुम्रेबजार बाट घर फर्कने क्रममा क्षेत्री र उहाँकी छाेरी बर्ष २१ की अम्बिका क्षेत्री माथी अज्ञात समुहले रड प्रहार गरगहना लुटपाट गरेकाे थियाे ।

अामाकाे टाउकाे तथा हातमा धेरै ठाउँमा रड तथा चक्कु प्रहार बाट धेरै चाेट लागेकाे तर खतरामुक्त भएकाे तर अाफूलाइ भने हातमा सामान्य चाेट मात्र लागेकाे पिडित अम्बिकाले बताउनुभयाे । धेरै ठाउँमा चाेट भएकाले अामालाइ अलि बढी गार्हाे भएकाे उहँाले गाेरखा संसारसँगकाे कुराकानीमा बताउनुभयाे । गरगहना लुटने क्रममा लछार पछार गरिएकाेले अाफूलाइ बाहिरी चाेट नदेखिएपनि जिउ दुखिरहेकाे तर अामाकाे भने घाउ धेरै भएकाले गाराे भइरहेकाे बताउनुभयाे ।

शंकास्पद एक जनालाइ प्रहरीले पक्राउ गरेकाे भएपनि हाल तारेखमा छाडिएकाे र थप अनुसन्धान गरी दाेषी पत्ता लगाउने प्रयास गरिएकाे प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.