स्थानीय तहले ब्यवशायीक शिक्षामा जोड दिंदै रोजगारी सृजना गर्नु पर्ने

डिपि अधिकारी
स्थानीय तहले ब्यवशायीक शिक्षामा जोड दिंदै रोजगारी सृजना गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमै रोजगारी मूलक सीप प्रदान गरी देश भित्रै राजगारीका लागि स्थानीय सरकारले कार्ययोजना निर्माण गर्नु पर्नेमा जोड दिईएको हो । देशमा दक्ष जनशक्तिको अभाव र कामको विषयमा पनि सानो–ठूलो भन्ने प्रवृत्तिले बाहिरी मूलुकबाट कामदार झिकाई उद्योग ब्यवशाय संचालन गर्नु पर्ने र अन्य योजनाका काम सम्पन्न गर्नु पर्ने बाध्यता रहेको भन्दै नेपालमै दक्ष युवा समेत कामको लागि अन्यत्र जानु परेकाले राज्यले देश भित्रै काम गर्ने वातावरण सृजना गर्न सहभागीहरुले माग गरेका हुन् ।
प्राविधिक शिक्षा तथा ब्यबशायीक तालिम परिषदले गोर्खाको पालुङटारमा रहेको गोर्खा बहुप्राबिधिक क्षियालयमा विहिबार आयोजना गरेको “स्थानीय तहमा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता र ब्यवस्थापन ” विषयको अन्तरकृया कार्यक्रममा सहभागीहरुले तालिम तालिमका लागि मत्रै नभै तालिम दिन पूर्व सर्भेक्षण गरी मागको आधारमा तालिमको ब्यवस्था गरी रोजगारी बन्नका लागि प्रेरित गर्दै केहि बीउ पुँजी लगानी गरी नियमित सम्पर्क र अनुगमनमा समेत जोड दिनु पर्ने धारणा राखेका छन् । साथै उहाँहरुले उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिनु पर्ने, ब्यवशायीक शिक्षामा जोड दिनु पर्ने, सिकेको सीपलाई ब्यवहारमा लागु गर्नु पर्ने, सरकारले प्राविधिक शिक्षालयहरुलाई प्राथमिकतामा राखी विद्यार्थीहरुले ब्यवशायीक सीपमा दक्षता हासिल गर्न पाउने वातावरण सृजना गर्नु पर्नेमा जोड दिईएको छ । तालिमलाई उत्पादन सँग जोड्नु पर्ने, तालिमलाई संघ,प्रदेश र स्थानीय तह सँग सान्वय गरी कार्यक्रम गर्नु पर्ने, कृषि क्षेत्रका लागि कृषि एम्बुलेन्सको ब्यवस्था गर्न स्थानीय सरकारले चासो दिनु पर्ने, पाठ्यक्रममा पुनरावलोकन गरिनु पर्ने, एक गाउँ एक उत्पादनमा जोड दिनु पर्ने, स्थानीय स्तरमा ब्यवशायीक सीप लिएकालाई स्थानीय स्तर मै राजगारीको वातावरण बनाउनु पर्ने, पर्यटन र कृषिमा जोड दिँदै जडिबुटि खेतीलाई प्रबद्र्धन गर्नु पर्ने, हासिल गरेको सीपलाई फेल र पास सँग जोड्न नहुने र आवश्यकताको पहिचान गरी गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पालुङटार नगरपालिकाका प्रमुख ई.दिपकबाबु कँडेलले सिँहदरबारको अधिकार गाउँ–गाउँमा आएको भनिए पनि सिँह गाउँ आई पुगेको तर दरबार भने केन्द्र मै रहेको भन्दै ब्यङ्ग्य गर्नु भयो । उहाँले संघ , प्रदेश र स्थानीय तहको तालमेल हुन नसकेको पनि उल्लेख गर्नु भयो । देशको अर्थतन्त्रको हिसाबले संघीयता धान्नै नसक्ने अवस्थामा आईपुगेको भन्दै ब्यवशायीक सीप सिकेकालाई देश भित्रै काम गर्ने वातावरण बनाउन विशेष गरी संघीय सरकार लाग्नु पर्ने र दक्ष जनशक्ति बाहिरिने गरेकाले अन्य मुलुकबाट जनशक्ति मगाउनु पर्ने कारणले सुनको थाल लिएर रुपैंया भिक माग्नु पर्ने अवस्था आएको बताउनु भयो । शहीद लखन गाउँपालिकाकी उपाध्यक्ष ईन्दिरा तिवारीले दक्ष जनशक्तिलाई स्थानीय तहले अवशर प्रदान गरी स्थानीय दक्ष जनशक्ति स्थानीय स्तर मै परिचालन गर्न सकेमा अन्य ब्यक्तिले समेत सिको गर्ने भएकाले ब्यवशायीक शिक्षामा सबैको ध्यान केन्द्रित हुने बताउनु भयो ।
कार्यक्रममा सिटिइभिटिका गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले हरेक कामका लागि संघ, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्य जरुरी रहेको बताउनु भएको छ । आवश्यकताको पहिचान गरी सीप प्रदान गरी ब्यवहारमा उतार्न प्रेरित गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा विद्यार्थी भर्ना ९७ प्रतिशत रहेको भएपनि कक्षा १२ सम्मको पढाई सम्म आईपुग्दा २८.४ प्रतिशत मात्रै रहने भएकाले बाँकी ७१.६ प्रतिशत विद्यार्थी बीच मै हराई रहेकाले उहाँहरुको खोजी गरी ब्यबशायीक शिक्षा प्रदान गरी रोजगारी बनाउनु पर्ने दायीत्व संघ, प्रदेश र स्थानीय सरकारको रहेकाले सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो । सिटिइभिटिका प्रशासन प्रमुख दिवेशचन्द्र देवकोटाले परम्परागत सिकाईलाई समेत ब्यवशायीक तर्फ बदल्नु पर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले हरेक नागरिकले आ–आफ्नो काम कर्तब्य केहो र त्यो आँफुले पूरा गरे नगरेको स्वःमूल्याङ्कन गर्ने बेला आएको भन्दै राज्यको तर्पmबाट गर्नु पर्ने सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
गोर्खा बहु प्राविधिक शिक्षालयका प्रमुख प्रदीपराज बसौलाले स्वागत र सिटिइभिटिका कपिल पाण्डेले सहजीकरण गर्नु भएको कार्यक्रममा गोर्खा र लमजुङ जिल्लाका स्थानीय जनप्रतिनिधी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुखहरु, शिक्षालयका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधीहरु, युवा ब्यवशायीहरु, सिटिइभिटिका कर्मचारीहरु लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.