दरौदी नदीमा हाम फाल्दा एक पुरुषकाे ज्यान गयाे

गोरखा ४, कात्तिक ।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ फिनामटार स्थित दरौदी नदीमा हाम फालेर आज एक पुरुष ज्यान गएको छ । बिहान करिब १० बजेको समयमा स्थानीय ६५ बर्षका देवीदत्त ढकालको दरौदी नदीमा हामफाल्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट चनौटे र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीले ढकालको शव घटनास्थलदेखि झण्डै २ किलोमिटर तल जलबिरेमा शव फेला पारेको थियो ।

मृतकको शव मुचुल्का गरि पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र जौवारीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button