साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सदरमुकाम क्षेत्रका बितरण गर्दै आएको खानेपानीमा लेदो

गोरखा ४, कात्तिक ।

गोरखा साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालाई बितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । गोरखाको मुख्य मुख्य बजारमा पानी वितरण गर्दै आएको समितिले उपभोत्तालाई लेदो सहितको धमिलो पानी वितरण गर्दै आएको उपभोत्ताहरुले गुनासो गरेका छन् ।

‘पिउने पानी भनेर लेदो, फिज आएको र दमिलो पानी दिने गरेको छ, गोरखा नगरपालिका ६ को कालिमाटी बजारमा होटल ब्यवसायी गर्दै आएका मनोज थापाले भन्नुभयो,‘धमिलो पानी पिउन मात्र नभएर भाडाकुडा सरसफाई गर्न सक्ने अबस्थाको छैन ।’ आज मात्रै पनि कालिमाटी, हरमटारी, हस्पीटल लाईन, लोकतान्त्रिक चोक देखी खोलखोलेसम्मका उपभोत्तालाई बितरण गरिएको पानीमा लेदो मिसिमएको पाइएको उपभोक्ताहरुले बताएका छन् ।

पानी भाडामा भरेर हेर्दा पुरै धमिलो आाहालको पानी जस्तो देखिएको भन्दै समितिले उपभोक्ताको स्वास्थ्य माथी नै खेडबाड गरेको उनिहरुको भनाई छ । माग थेग्न नसकेका कारण खोलामा आएको पानी जस्ताको तस्तै तानेर बितरण गर्ने गरेको पृथ्वीनारायण साना शहरी खानेपानी तथा उपभोत्ता समितिको कार्यालयले जनाएको छ । माग अनुसारको पानी विरतणमा समस्या झेल्दै आएको समितिले खोलामा आएको लेदोपानी नै सिधै तानेर वितरण गर्ने गरेको स्रोतको दावी छ ।

‘उपभोत्ताले जस्तो पानी भए पनि दिनु परर्यो भन्छन्, कार्यालयका कर्मचारी आशकाजी श्रेष्ठले भन्नुभयो,‘ हामीले जस्तो पानी आयो त्यस्तै छाड्ने गरेका छौ ।’ कर्मचारी श्रेष्ठका अनुसार समितिले गोरखा नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा १ हजार २७९ घर परिवारलाई समितिले पानी उपलब्ध गराउदै आएको छ । दैनिक ५ लाख लिटर भन्दा बढी पानीको माग भएता पनि समितीले मुस्किलले ३ लाख लिटर वितरण गर्दै आएको छ ।

बिषाक्त पानी वितरण भएको बिषयमा समितिका अध्यक्ष बिनोद अर्याल संग प्रश्न गर्दा गल्ती भएको स्विकार गर्दै कर्मचारीलाई सचेत गराएको र अबदेखि त्यस्तो गल्ती नहुने दावी गर्नुभयो । ‘होटल ब्यवसायीहरुले जस्तो पानी भए पनि चाहियो भनेर पानी वितरण गर्ने कर्मचारीलाई थर्काउने गरेको भन्दै उहाँले पानी वितरण गर्ने सबै कर्मचारीलाई सचेत गराएको र अब त्यस्तो पानी वितरण नहुने बताउनुभयो ।

बर्षा लाग्दा लेदो पानी र ढल मिसिएको पानी र सुख्खा याममा हप्तामा १ दिन पनि उपभोत्ताको घरमा पानी नआउने गुनासो बर्षौ देखी चल्दै आएको छ । समितिले उपभोत्ताको घरमा बिषाक्त पानी वितरण गरेको बारेमा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य सरोकारवाला निकायसंग जानकारी लिने बताउनुभयो ।

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.