बागमतीमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगियो

काठमाडौं ।

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगिएको छ । मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमतीको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएसंगै एमाले नेतृत्वको प्रदेश सरकारको आयु एक साता लम्ब्याइएको छ ।

आज बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपनि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

अल्पमतमा परिसकेकी मुख्यमन्त्री शाक्यले एक हप्ता समय मागेपछि विश्वासको मतसम्बन्धी प्रक्रियालाई लम्ब्याउँदै एमाले सरकारको आयु कात्तिक १० गतेसम्म लम्ब्याउन सभामुख श्रेष्ठले सहज बनाइदिए ।

प्रदेशसभाका सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बैठक स्थगित गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको बाँकी प्रक्रिया अर्को बैठकमा हुने गरी सभामुख श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।

यद्यपि विपक्षी गठबन्धनले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममै सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुले आफूहरुलाई अर्को विकल्पमा जान बाध्य नपारियोस् भन्ने चेतावनीसमेत दिएका थिए ।

विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेका छन् । विपक्षी गठबन्धनसँग प्रदेशसभाको प्रष्ट बहुमत छ । हाल बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको एमाले सरकार अल्पमतमा भएकोले विश्वासको मत नपाउने निश्चित जस्तै छ । nepalpatra.com/

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.