Trending

चितुवाकाे अाक्रमणबाट १३ बर्षका बालक घाइते

गोरखा, ३ भदौ ।

चितुवाको आक्रमणबाट पालुङ्टार नगरपालिका ९ सेराका एक बालक घाइते भएका छन् । साबिक मिरकोट गाविस ८ सेराका १३ बर्षका बिक्रम बिक चितुवाको आक्रमणबा घाइते भएका  एक स्थानीयले जानकारी दिए ।

साँझपख गाउँलेको चितुवाले बालकलाई भेटेपछि अचानक आक्रमण गरेर शरीर भरि छियाछिया बनाएको छ।

‘टाउको, ढाड र देब्रे हात छियाछिया बनाएको छ’, । ’ गाउँलेले हल्लाखल्ला गरेपछि चितुवा भागेको र बालकको अबस्था खतरामुक्त रहेको स्थानीयले  बताएका छन् ।

घाइते बि.क.लाइ उपचारका लागि गाेरखा अस्पताल लगिएकाे छ ।

घाइते बालक मिरकाेट माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेका छन् ।

Back to top button