छोराले मात्र काजक्रिया गर्नपर्छ भन्ने मान्यता तोडने साहसी छोरी

गोरखा, २ भदौ ।
छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै आफ्नी आमाको मृत्यु पश्चात काजक्रिया गर्ने साहसिक छोरीलाई वर्षदिनको पढाई खर्चको व्यवस्था हुने भएको छ । आमाको मृत्यु पश्चात शोकमा रहेको बेला पनि सामाजिक मान्यता तोड्दै काजक्रिया गरेका गोरखा नगरपालिका १४ कि अर्चना नराललाई स्थानीय समाजसेवी रामप्रसाद खनालले वर्षदिनको पढाई खर्चको व्यवस्था आफूले गरिदिने घोषणा गर्नुभएको छ ।
नरालको आमा इन्दिरा नरालको यहि असार ६ गते कोरोना संक्रमणका कारण निधन भएको थियो। ३ बहिनी छोरी मात्र रहेको नराल परिवारमा आमाको काजक्रियाको लागि तिनै छोरीहरु कपाल मुण्डन गरेर बसेका थिए । उनीहरुले सामाजिक मान्यतालाई तोड्दै साहसिक काम गर्दै समाज परिवर्तनका लागि सकरात्मक भुमिका निर्वाह गरेको भन्दै धेरैले प्रशंसा गरेका थिए ।
सोहि क्रममा आँबुखैरेनी क्याम्पस आँबुखैरेनीमा बि.एड. दोस्रो वर्षमा अध्ययनरत जेठी छोरी अर्चना नरालको सम्पूर्ण खर्च स्थानीय समाजसेवी रामप्रसाद खनाल व्यहोर्ने सम्झौता भएको क्याम्पस प्रमुख ऋषि के.सी.ले जानकारी दिए । क्याम्पस प्रमुख के.सी.का अनुसार समाजसेवी खनालले बि.एड दोस्रो वर्षको वार्षिक शुल्क २२ हजार मध्ये पहिलो किस्ता वापत ११ हजार रुपैयाँ क्याम्पसलाई हस्तान्तरण गरिसक्नुभएकछ भने बाँकी रकम माघमा भुक्तानी गर्ने सहमती भएको छ ।
समाजसेवी खनालले आफु स्वंयम उपस्थित हुन नसक्ने भएपछि भाईहरु रामहरि खनाल र रामेश्वर खनाल मार्फत रकम हस्तान्तरण गर्नुभएको थियो । यसैबिच, रकम हस्तान्तरण गरी सहयोग गरेकोमा समाजसेवी दाता खनाललाई क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख ऋषि के.सी.ले धन्यवाद ज्ञापन गर्नुुभएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.