Trending

तनहुँकाे बन्दिपुर २ र ३ का ६० घर परिवारलाई राहत बितरण

राम ब. धामी, तनहुँ ।

तनहुँकाे बन्दिपुर २ र ३ का ६० घर परिवारलाई राहत बितरण गरिएको छ।
डुम्रे बजार निवासी राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य तथा पोखरा सुनचाँदी पसलका सन्चालक रोहित विकको पहलमा आज बिहिबार पनि कोबीड १९ का कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरेर खाने, अपाङ्ग, एकल महिला र वृदधवृद्धाहरुलाई खाद्यान्न राहत वितरण गरिएकाे हो।
बन्दीपुर गाउँपालिकाको वडा नं २ र ३ स्थित कुवादी, पार्चे, मोहोरिया,सिमलटार, कुकुर्दी र हल्थुमका लगाएतका क्षेत्रका ६० घर परिवरलाई प्रतिव्यक्ति चामल १५ केजी ,नुन १ केजी, तेल १ पोका दाल १ केजी,मसला १ र मास्क ५ प्रति वितरण गरिएको युवा समाजसेवी सूर्य कुँवरले जानकारी दिनुभयाे ।
बैदेशिक रोजगारीको क्रमममा अस्ट्रेलिया, क्यानडा, हङकङ,बेलायत तथा नेपालमै व्यापार व्यवसाय र सामाजिक काम गर्ने व्यक्तिहरूको समूहबाट आर्थिक संकलन गरी सहयोग गरिएको हो। राहत वितरणको लागि यू के बाट नगेन्द्र विश्वकर्माको परिवारबाट नगद ३३ हजार, गरी,बुटवल घर भई हाल अस्ट्रेलिया निवासी विशाल खनालबाट ४४ हजार ५ सय रुपैयाँ र अन्य सहयोगीहरु समेतबाट जम्मा १ लाख ४४ हजार ९ सय ४८ रुपैयाँ , क्यानडाबाट ५६ हजार रुपैयाँ सहयोग प्राप्त भएकाे छ।सामान ढुवानीका लागि सूर्य कुँवरबाट जीप सहयाेग भएको र अन्य रकमहरू आउने क्रम जारी रहेको छ। हाल सम्म जम्मा २ लाख ३४ हजार रुपैयाँ सहयोग संकलन गरिएको र वुधबार र बिहीबार गरी जम्मा १३२ घर परिवरलाई खाद्यान्न राहत वितरण गरिएकाे विकले जानकारी दिनुभयो।
सामग्री बितरण अभियानमा राहत बाड्ने क्रममा बन्दिपुर गाउँपालिका वडा न २ कुवादीका दुबै मिर्गौला पीडित हेम बहादुर गुरुङलाई राहत दिने क्रममा हप्तामा दुई पटसम्म डाईलोसिस गराउनु पर्ने कुरा सुनाए पछि समाजसेवि रोहित बिश्वकर्माले व्यक्तिगत रूपमा २५ सय रुपैयाँ सहयोग गर्नु भएको थियो।
सहयोग कार्यक्रमममा नेकपा एमालेका बन्दीपुर अध्यक्ष सुरेन्द्र थापा , समाजसेवि सुर्य कुँवर ,भक्त बहादुर गुरुङ्ग, विशाल बराइली लगाएतको उपस्थिति रहेको थियो।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker