जेठ २८, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ बाट अाफ्नै श्रीमती मरेकाे भनी बाेकेर मर्स्याङदी नदीमा फाल्ने एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । अाज बिहानै लगेर मर्स्याङदी नदीमा फालेकाे सूचना स्थानीयले जानकारी गराएलगत्तै अस्थायी प्रहरी पाेष्ट बिरूवाटारबाट खटिएकाे टाेलीले राम बहादुर कामी लाइ नियन्त्रणमा लिएकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका इन्चार्ज बिकास सिलवालले जानकारी दिनुभयाे । निजकाे श्रीमती सम्झना रेग्मीलाइ हिजाे घरमै मरेकेा भनी अाज बिहान फालेकाे बताइकाे र थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।
Facebook Comments Box
Post Views: 30