गाेरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भुर्तेललाइ हटाउन कर्मचारीकाे माग

गोरखा, २३ जेठ ।  कोरोना महामारी नेतृत्वको असक्षमताका कारण गोरखा अस्पताल आफै बिरामी परेको भन्दै गोरखा अस्पताल कर्मचारी युनियनले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शान्ति भूर्तेललाई हटाउन माग गरेको छ । अस्पताल कर्मचारी युनियनका अध्यक्ष चिजकुमार श्रेष्ठ नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेललाई आज ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाइएको ज्ञापन पत्रमा अस्पताललाई ससक्त बनाएर लैजानुपर्छ भन्दा प्रमुखु भुर्तेलले आफु काम गर्न नभई नम्बर कमाउन मात्र आएको र काम गरेर को ठूलो हुन्छ भन्दै उल्टै प्रश्न गर्ने गरेको उल्लेख छ । ‘कोरोना महामारीमा मैले गोरखाबासीको स्वास्थ्य उपचारमा राम्रो काम गरे मैले के पाउछु भनेर उल्टै प्रश्न गर्ने नेतृत्वबाट अस्पतालले अपेक्षा गर्ने ठाउँ छैन, ज्ञापन पत्रमा भनिएको छ, ‘डा.भूर्तेलको असक्षम र बदमासी पूर्ण कार्यशैलीका कारण मातहातका सम्पूर्ण कर्मचारी मात्र हैन अस्पतालका सेवाग्राही समेत वाक्क भइसकेका छन् ।’

प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापन पत्रमा असक्षम नेतृत्वलाई तत्काल हटाएर कोरोना संक्रमणका बिरुद्ध जुध्न सक्ने खालको सक्षम नेतृत्वलाई जिम्मेवारी दिन माग गरिएको छ । कोरोना महामारीका बेला गोरखा अस्पतालले अझ ससंक्त रुपले सामान गर्नुपर्ने बेला उल्टै भूर्तेलले कर्मचारीलाई थर्काउने, धम्कीदिने र कोभिड बिरुद्ध लड्ने कुरामा कुनै चासो नलिने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा मेडिकल सुपरीटेण्डेन्ट डा. भूर्तेलको कार्यशैलीबाट अस्पतालका अधिकांस कर्मचारीहरु प्रताडित बनेको र अस्पताल लथालिङ्ग बनाएको भन्दै तत्काल हटाउन माग गरिएको हो । कर्मचारी युनियनले बुझाएको ज्ञापन पत्रमा डा भूर्तेलले अस्पतालमा आफ्नो प्राइभेट कम्पनी जस्तो गरी मनपरी निर्णय गर्ने गरेको, अस्पतालको गाडी नीजि प्रयोजनका लागि प्रयोग गर्ने गरेको, समयमा तलब सुबिधा उपलब्ध नगराएको कर्मचारीलाई नीजि काममा लगाउने गरेको प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

गोरखा अस्पताल गोर्खाली जनताको स्वास्थ्य उपचारका लागि आशा र भरोसका केन्द्र हो, ज्ञापन पत्रमा भनिएको छ, गरिब र निमुखा गोरखाबासीको स्वास्थ्य समस्याको पिडामा आँशु पुछ्ने गोरखा अस्पताल प्रतिको बिस्वास कत्ति पनि घट्न दिनुहुन्न ।’ ज्ञापन पत्र बुझाउदै कर्मचारी युनियनले कोरोनाको महामारीमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ज्यानको बाजी राखेर स्वास्थ्य उपचारमा खटिएको भन्दै अझैपनि निरन्तर लागि रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.