Trending

पालुटङटार नगरपालिका ९ बिर्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखाको पालुटङटार नगरपालिका ९ बिर्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ग १ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा ट्याक्टरमा सवार धादीङको दार्खा गाउँपालिका ३ खनियाँका १४ वर्षिय याकुब तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  उहाँ श्री त्रिवेणी मा बि सेरामा कक्षा ९ मा अध्यानरत हुनुहुन्थ्याे ।

बिर्दीबजारबाट मसाने ठाँटी तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker