पालुङटारकाे अायुर्वेद शाखामा अाैषधी हस्तान्तरण

जेठ २३, गाेरखा ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकी प्रदेशले संयुक्त कार्यक्रममार्फत गोरखाको पालुङटार नगरपालिका मातहतको आयुर्वेद औषधालयलाई औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि औषधालय शाखा प्रमुख हितकाजी श्रेष्ठ, उपमेयर पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाभित्र रहेका संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने गुण भएका औषधि उपलब्ध गराइएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए ।

गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णलाई मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका सचिव एवं आयुर्वेद चिकित्सकीय परामर्श उपसमिति संयोजक डा दीपक भुसालले बताए । तीन भाग गुर्जो, दुई भाग यष्टी मधु र एक भाग त्रिकटु चूर्णको मिश्रणबाट तयार आयुर्वेद औषधिको सेवनले शरीरलाई समानरुपले इम्युन बढाउन सहयोग पुर्याउने उनले सुनाए । सामान्य लक्षण देखिएकादेखि गम्भीर प्रकृतिका कोरोना संक्रमितले उक्त औषधि क्वाथ विधि (पकाएर) वा मनतातो पानीमा घोलेर सेवन गर्न उनको सुझाव छ ।

संघले गण्डकी प्रदेशमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विपन्न नागरिकका लागि आयुर्वेद औषधि निशुल्क वितरण गरिरहेको अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए । सोही अभियानलाई निरन्तरता दिँदै गोरखा आइपुगेको उनले बताए । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीका अध्यक्ष प्रकाश क्षेत्रीले आयुर्वेद व्यवसायीसँगको समन्वयमा सकारात्मक अभियान थालनी गर्न पाउँदा खुसी लागेको बताए । संघको सहयोगप्रति पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले धन्यवाद व्यक्त गरे । आयुर्वेद औषधिको गुण र महत्वलाई नगरपालिकाले आत्मसाथ गर्दै संक्रमितहरुलाई सेवनका लागि हातहातमा पुर्याइने उनले बताए । नगरपालिकाकी उपमेयर पम्फा बसेलले संक्रमितहरुलाई औषधिसँगै मनो परामर्श सेवा पनि आश्वयक महशुस गरेको सुनाइन् । कोरोनालाई परास्त गर्न मनोवैज्ञानिक रुपमा पनि मजबुद हुन सक्नुपर्ने उनले बताइन् । आयुर्वेद औषधि नगरपालिकाको तर्फबाट वितरण भइरहेकोमा संघले थप सहयोग दिँदा उपमेयर बसेलले अभियानप्रति खुसी व्यक्त गरिन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कोरोनालाई सामान्य रुपमा लिँदा कतिपयले होम आइसोलेसनमै ज्यान गुमाएको बताए ।

रोग प्रतिरोध क्षमता बढी भएकाको हकमा छिटै निको हुने हुँदा आयुर्वेद औषधिको सेवनले मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । महामारीमा आफ्नो कर्तव्य सम्झेर संघले सेवा पुर्याएको भन्दै शर्माले आयुर्वेद औषधिको दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए । कार्यक्रममा संगम आयुर्वेद फर्मा डुम्रेका सञ्चालक सुवास थापा, स्पर्श आयुर्वेद अस्पताल पोखराका गजेन्द्र थापा, संघका कोषाध्यक्ष रमेश चापागाई, पालुङटार आयुर्वेद औषधालयका प्रमुख तथा वरिष्ठ कविराज निरीक्षक हितकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो । संघले सचिव डा दीपक भुसालको संयोजकत्वमा प्रदेशभित्र संक्रमितहरुको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गरेको छ । mainsamachar

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.