आँबुखैरेनीको प्रथम उपभोक्ता सहकारी- श्री छिम्केश्वरी माई उपभोक्ता सहकारी सस्थाको कार्यालय समुद्घाटन ।।


आँबुखैरेनी, १७ बैंशाख । तनहुँको आँबुखैरेनीमा पहिलो उपभोक्ता सहकारी संस्थाको रुपमा स्थापना भएको श्री छिम्केश्वरी माई उपभोक्ता सहकारी संस्थाको कार्यालय समुद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले आज (शुक्रबार) आँबुखैरेनी–३, चिसापानी टोल स्थित सो उपभोक्ता सहकारी संस्थाको कार्यालय समुद्घाटन गर्नुभएको हो । यस क्षेत्रका कृषक(किसान) तथा स्थानीयबासीहरुले बिगत देखिनैं भोग्दै आएका मल तथा बिउबिजनको समस्यालाई हटाउन, ती बस्तुहरु सस्तो मूल्य र सरल तवरले उपलब्ध गराउन तथा दैनिक उपभोग्य बस्तुहरु बजार मूल्य भन्दा केही कम मूल्यमा सहज तरिकाले ग्राहकहरु समक्ष पु¥याउन उपभोक्ता सहकारी सस्थाको स्थापना गरिएको सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमणको अवस्था कम हुँदै गएपछि सहकारीले उपभोक्ताको हितमा सेवा सन्चालन गरिने श्रेष्ठले बताउनुभयो । संस्थाका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यालय समुद्घाटन एवं प्रारम्भिक साधारण सभामा गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, सहकारीका सल्लाहकार राजकुमार श्रेष्ठ, लायन्स क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष लायन शिव खनाल, सहकारीका उपाध्यक्ष रेजिना श्रेष्ठ, सहकारीका सचिव कृष्णमान तामाङ्ग लगायतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपभोक्ता सहकारीका सम्पूर्ण शेयर सदस्यहरुलाई सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । कूल पूँजी रु. ६२ लाख रहेको यस उपभोक्ता सहकारीमा ३१ जना शेयर सदस्य रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.