एकिकरण नेपाल, गोरखाको आयोजनामा पालुङटार नगरपालिका वडा नं १ मा एक कार्यक्रमको बिचमा सामी परियोजना अन्तरगत बैदेशिक रोजगारमा जान लागेका युबा हरुको लागी अभिमुखिकरण सम्पन्न भएको छ । कार्यक्रममा गोरखा जिल्लाको लागि सामी परियोजनाको अाप्रबासी श्राेतकेन्द्र परामर्श कर्ता नारायण अर्यालले सहजीकरण गर्नुभएको थियो । समग्रमा सुरक्षित आप्रबासन परियोजना (सामी) को बारेमा परियोजना का परामर्शकर्ताले जानाकारी गराउनु भएको थियो ।
कार्यक्रम वडा नं का वडाध्यक्ष कृष्ण बहादुर परियार काे अध्यक्षतामा भएको थियो । बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्शको साथै जिल्ला प्रशासन कार्यालय संगै रहेको आप्रबासी सुचना तथा स्रोत केन्द्रबाट बैदेशिक रोजगारी सम्बन्धी परामर्श, बैदेशिक रोजगारीको शिलशिलामा ठगिएकाहरुलाई निशुल्क कानुनी सेवाको लागि सहजीकरण, बैदेशिक रोजगारीमा रहँदा अंगभंग भएका, मृत्यु भएकाहरुलाई क्षतिपुर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने बिप्रेषणलाई आयमुलक क्षेत्रमा खर्च गर्न बित्तिय साक्षरता तथा मनोसमाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको बित्तिय साक्षारता सहज्कर्ता मन्जु घिमिरेले बताउनु भयो । त्यस्तैगरी बैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकाहरुलाई परामर्श सेवा पनि दिइरहेको जानाकारी दिनु भयो ।
सामी परियोजना वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना (सामी तेस्रो चरण) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ । यस परियोजना अन्तर्गतका कार्यक्रम गोरखा जिल्लाका ४ स्थानीय तहहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा सञ्चालित छन् । परियोजनाको समयसिमा २०७९ असार ३१ सम्म रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको बित्तिय साक्षरता सहजकर्ता मञ्जु घिमिरेले जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय