आँबुखैरेनी स्रष्टा समाजद्वारा विभिन्न ४ विधा तर्फका ६ जना सम्मानित ।। सानुकाजीको ‘अनावरण’ पुस्तकको कृति विमोचन ।।

 

आँबुखैरेनी, १४ चैत । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा आज(शनिबार) स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ । समाजका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्व तथा वरिष्ठ समालोचक, सौन्र्दय चिन्तक प्राध्यापक डा. जगदिशचन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको हो । माई छिम्केश्वरी पार्टी प्यालेस आँबुखैरेनीमा सम्पन्न भएको कार्यक्रममा समाजद्वारा विभिन्न ४ विधा तर्फ पुरस्कार घोषणामा पर्नुभएका ६ जनालाई नगद राशी सहित सम्मान–पत्र वितरण गरिएको छ । विभिन्न विधा अन्तर्गत साहित्यतर्फ ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ बाट कवि मित्रलाल पंज्ञानी सम्मानित भएका छन् । वरिष्ठ समालोचक, सौन्र्दय चिन्तक प्राध्यापक डा. जगदिशचन्द्र भण्डारीबाट सम्मान–पत्र, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाबाट मायाको चिनो र स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठबाट नगद राशी १० हजार रुपैंया प्रदान गरी कवि मित्रलाल पंज्ञानीलाई सम्मान गरिएको हो । यसैगरी, हास्य विधा तर्फ ईन्द्रमान परियार÷ईन्दु परियार संरक्षक रहनुभएको ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ बाट हास्यकलाकार रमेश के.सी. मत्तारे सम्मानित भएका छन् । हास्यकलाकार रमेश के.सी. मत्तारेलाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी १० हजार रुपैंया प्रदान गरी सम्मान गरिएको हो । त्यसैगरी, भगवानदास मल्ल संरक्षक रहनुभएको कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मान पुरस्कारबाट आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय र आँबुखैरेनी स्वास्थ्य चौंकीमा कार्यरत कर्मचारी(ल्याव टेक्निसियन) अमृत पण्डित सम्मानित भएका छन् । कोरोना भाईरसको संक्रमणको अवस्थामा उच्च स्थानमा रहेर काम गरेको भन्दै उपाध्याय र पण्डितलाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी जनही ५ हजार रुपैंया प्रदान गरी सम्मान गरिएको हो । यस्तै, संगिता श्रेष्ठ संरक्षक रहनुभएको ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ बाट आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुनु भएका व्यवस्थापन संकाय तर्फका सपना गुरुङ र शिक्षाशास्त्र संकाय तर्फका दिपीका थापा सम्मानित भएका छन् । गुरुङ्ग र थापालाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी २ हजार ५ सय रुपैंया प्रदान गरी सम्मान गरिएको छ । यसैबीच, सोही अवसरमा आँबुखैरेनी स्रष्टा समाजले प्रकाशन गरेको सानुकाजी थापाको ‘अनावरण’ पुस्तकको कृति विमोचन समेत गरिएको छ । कार्यक्रममा समालोचक डा. कृष्ण राज अधिकारी र तेज बिलास अधिकारीले थापाको ‘अनावरण’ पुस्तकको कृति माथि समिक्षा गर्नुभएको थियो । सो अवसरमा हास्य कलाकार रमेश के.सी. र कलाकार अप्सरा अधिकारीले समाजका समसामायिक घट्नालाई समेटेर हास्य प्रहसन तथा आधा दर्जन कविहरुले कविता वाचन गर्नुभएको थियो । आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालदेखि ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ । स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रमको संचालन विशाल थापाले गर्नुभएको थियो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.