महिला अझै दोस्रो दर्जा नागरिक भएका छौ–मन्त्री पुन

म्याग्दे, तनहुँ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले महिलाले जति पाउनु पर्ने हो त्यति अवसर प्राप्त अभैm प्राप्त गर्न नसकेको गुनासो गरेकी छिन् । सो कुरा मन्त्री पुनले म्याग्दे गाउँपालिका– ४ छिम्लिश्वारा स्थित कालिका मोइ आमा समुहको बहुउद्धेश्यीय भवनको शिलान्यास गर्दै बताएकी हुन् ।

‘‘गण्डक प्रदेशको सात वटा मन्त्रालयमा एक जना मात्रै महिला मन्त्री रहेको अवस्था छ, अभैm पनि महिलाहरुले सही रुपमा अवसर नपाई दोस्रो दर्जाको रुपमा रहेको छ’’ मन्त्री पुनले भनिन् ।

नीतिगत व्यवस्था भन्दा पनि नेताको जोडबले मात्रै वजेट आउने अवस्थाको अन्त्य गर्न नीतिगत व्यवस्था गरे सामाजिक परिवर्तन छिटो गर्न सकिने बताईन् । ‘‘पटक पटक भन्दै आएको स्वास्थ्य, शिक्षा तथा महिला तथा बालबालिकालाई कति बजेट छुट्टाउने भन्ने व्यवस्था भयो भने करबलले पनि छुट्टाउने अवस्था हुन्छ’’ मन्त्री पुनले भनिन् । कुन क्षेत्रको लागि कति वजेट छुट्टाउनुपर्छ भन्ने नीतिगत व्यवस्था हुन नसक्दा सामाजिक विकासमा अप्ठ्रो भएको बताउनु भएको छ । सामाजिक विकास मन्त्रालयमा कम वजेट भयो भनेर बोल्ने दुई जनामात्रै सांसद भएको उनले बताइन् । योग्य, दक्ष र स्वास्थ्य नागरिक नभई देशमा विकास हुँदैन नहुने उल्लेख गर्दै मन्त्री पुनले वजेटको अभावले प्रभावित बनेको बताउनुभयो । अभैm पनि नारीहरुले राजनैतिक क्षेत्रका कम अवसर पाएको बताइन् । सङ्घीयतमा देश भर्खरै अघि बढेकाले महिलाका अधिकारहरु पनि स्थापित हुँदै गएको उहाँले बताउनुभयो । मन्त्री पुनले समयमा उपचार नपाएर महिलाहरु मर्नु पर्ने बाध्यताको अन्त्य गर्ने कार्य प्रदेश सरकारबाट भईरहेको दाबी गरिन् ।

मातृ तथा शिसुको मृत्युदर हटाउने अभियानमा मन्त्रालय रहेका उनको भनाई थियो । सामाजिक विकास मन्त्रालयबाट भौगोलिक रुपमा विकट रहेका हिमाली तथा पहाडी क्षेत्रका हेलिकप्टरबाट उद्धार गरेर ४७ जना सुत्केरीको उद्धार गरी नवजात शिसु र आमाको जीवन रक्षा गरिएको बताइन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले देश बनाउने ठाउँमा अहिले महिलाहरु अवसर पाउने क्रम बढ्दै गएकोले महिला मैत्री कार्यक्रमहरु प्राथमिकतामा परी सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रमा महिलारु आर्कषित हुँदै गएको बताइन् । म्याग्दे गाउँपालिका पृथ्वीराजमार्ग मै रहेको तर बिकासका काममा पछाडि परिरहेको अबस्थामा आँफुहरूले स्थानीय तह सम्हालेको र अहिले धेरै अगाडि बढेको रानाले बताइन् । बालमृत्युदर र कुपोषण घटाउन गाउँपालिका लागिपरेको रानाको भनाइ थियोे । गाउँपालीकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भुकम्पले भत्काएको खानेपानीका मुहान , बाटोघाटो , पुल लगायतका भौतिक क्षति लाई पुनर्निर्माण गर्न गाउँपालीकाको मात्रै पैसाले नपुग्ने हुँदा संघीय सरकार तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरूवाल , वडाअध्यक्ष प्रेमबहादुर आले , पार्वती राना लगायतले भवन समयमै बनोस भन्ने सुभकामना दिएका थिए । पुनम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत कमला थापाले र सञ्चालन कुमारी रानाले गरेकि थिइन् । ११ लाखको लागतमा बन्ने आमा समुहको भवन २०७८ साल असार १५ गते सम्ममा सक्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय युवती हरूले कौरा नृत्य प्रस्तुत गरेका थिए ।

११ लाखको लागतमा बन्ने आमा समुहको भवन २०७८ साल असार १५ गते सम्ममा सक्ने लक्ष्य राखिएको छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.