तनहुँ शारदा कलेजकाे अध्यक्षमा अधिकारी

चैत्र ९ गते

तनहुँकाे भानु २ स्थित नारेश्वरटारमा रहेकाे तनहुँ शारदा कलेजकाे अाठाैं बार्षिक साधारणसभा तथा तेश्राे अधिबेशन अाज सम्पन्न भएकाे छ । भानु नगरपालिकाकी उप प्रमुख अाशा थापा काे प्रमुख अातिथ्यतामा सम्पन्न अधिबेशनले शम्भु अधिकारीकाे अध्यक्षतामा नयाँ सञ्चालक समितिकाे गठन गरेकेा छ ।

नवगठित समितिकाे अन्य सदस्यहरूमा केशब अधिकारी, कृष्ण घिमिरे, गाेविन्द अधिकारी, इश्वरीप्रसाद अधिकारी र सुदेश पाैडेल रहेका छन् ।

कलेजका निवर्तमान अध्यक्ष अानन्दराज त्रिपाठीकाे अध्यक्षतामा सम्पन्न भएकाे अधिवेसनमा सञ्चालक समितिका सदस्य कृष्ण कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने प्राध्यापकहरू  ज्ञानेन्द्र पण्डित, गाेविन्द भट्टराइ, कृष्ण बहादुर सुनार लगायतकाले मन्तव्य राखेका थिए । साे अवसरमा क्याम्पस प्रमुख तिलक अधिकारीले कलेजकाे अा.ब. २०७६।०७७ काे लेखा प्रतिवेदन, २०७७।०७८ काे अनुमानित अाय व्यय विवरण एवं कलेजका अागामी बर्षका लागि कार्यक्रमहरूकाे बिवरण प्रस्तुत गर्नुभएकाे थियाे ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker