पालुङ्टार सावुनकाे उत्पादन शुरू , औपचारिक समारोह गरी उद्घाटन गरेर बजारमा ल्याइदै

गोरखाको पालुङ्टारमा सावुन उत्पादन सुरु भएको छ । पालुङ्टार नगरपालिका वडा नं. ५ हवाइग्राउण्डमा लुगाधुने सावुन उत्पादन सुरु भएको हो ।
कोपिला सोप एण्ड इण्डस्ट्रिजले ‘पालुङटार’ नामको सावुन उत्पादन गर्न सुरु गरेको इण्डस्ट्रिजकी प्रोपाइटर कोपिला थापाले जानकारी दिइन् ।
‘एकहप्तादेखि परीक्षण उत्पादन सुरु भएको छ’, उनले भनिन्, ‘यसलाई बजारमा पु¥याएका छैनौँ । एकदिन औपचारिक समारोह गरी उद्घाटन गरेर बजारमा ल्याउनेछौँ ।’ एकल लगानीमा साबुन उद्योग सञ्चालन गरेको उनले बताइन् ।
कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्किएका उनका पति रोलबहादुर थापालाई फेरि वैदेशिक रोजगारीमा जानु नपरोस् भन्नाका लागि स्वदेशमै उद्योग सञ्चालन गर्ने हिम्मत गरेको उनले बताइन् । ‘मेरो श्रीमान एकबर्षअघिसम्म कतारमा हुनुहुन्थ्यो ।

कोभिडका कारण रोजगारी गुमाएर एकर्षअघि घर फर्किनु भयो । अनि अहिले फेरि यूरोपतिर जानका लागि प्रक्रिया सुरु गर्नुभएको थियो तर मैले स्वदेशमै व्यवसाय सञ्चालन गरौँ भनेर उद्योग स्थापना गरेको हो’, उनले भनिन् ।
करिब ३० लाख लगानीमा उद्योग सञ्चालन गरिएको कोपिलाका पति रोलबहादुर थापाले बताए । ‘हामीले स्वदेशमै उद्योग सञ्चालन गरेर स्वरोजगार गर्ने र करिब एकसय जनाका लागि रोजगारी सिर्जना गर्ने प्रस्ताब पेश गरेपछि मिलिजुली सहकारी संस्थाले १५ लाख रुपैयाँ कर्जा स्वीकृति ग¥यो’, उनले भने, ‘हामीले जुटाएको र सहकारी संस्थाको कर्जा मिलाएर उद्योग सञ्चालन गरेका हौँ ।’ यूट्यूबबाट प्रविधिबारे जानकारी लिएर उद्योग सञ्चालनको तयारी गरिएको उनले बताए ।
‘अनलाइनबाटै साबुन उद्योगहरुसँग सम्पर्क भयो ।

त्यहीँबाट धेरै जानकारी लिएँ अनि कच्चापदार्थ जुटाएर उद्योग सञ्चालन गरेका हौँ’, उनले भने, ‘अब स्वदेशमै उद्योग सञ्चालन गर्न पाएपछि विदेश जाने चक्कर छाडेँ ।’ यूरोप जानका लागि विभिन्न इन्स्टिच्यूट तथा बिचौलियाहरुसंग सम्पर्क गर्दागर्दै करिब १० लाख रुपैयाँ गुमिसकेको उनले बताए ।
दैनिक १० घण्टा उद्योग सञ्चालन गर्ने र दैनिक पाँचहजारको संख्यामा साबुन उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइरहेको उनले बताए । सो साबुन सुरुमा गोरखा, तनहूँ, लम्जुङ र मनाङका बजारहरुमा पु¥याउने लक्ष्य कम्पनीले लिएको छ । पछि बिस्तारै अन्य जिल्लाहरुमा पनि बजार बिस्तार गर्ने लक्ष्य राखिएको उनले बताए ।

Facebook Comments Box
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.