Trending

पालुङ्टारमा लाफ्टर याेग शिबिर सम्पन्न, तनाव व्यवस्थापनमा जाेड

गाेरखा,

फागुन २४,

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अाज लाफ्टर याेग शिविर सम्पन्न भएकाे छ ।

पालुङ्टार ८ धुवाँकाेटकाे दुभारमा सम्पन्न याेगशिविरमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नगरपालिकाकी उप प्रमुख पम्फा बसेलले तनाब व्यवस्थापनमा सवैले ध्यान दिनुपर्ने बताउनुभयाे । मानिसहरूमा तनाबका कारण अात्महत्यासम्म गर्न पुगेकाे बताउँदै तनाब व्यवस्थापन गर्नुपर्नेमा उहाँले जाेड दिनुभएकाे थियाे । त्यस्तै कार्यक्रममा याेग तथा ध्यान कार्यक्रमका प्रशिक्षक स्वामी याेगानन्दले तनाब व्यवस्थापनमा हाँसाेकाे महत्वपूर्ण भूमिका रहने हुँदा हास्ने र मुस्कुराउने तरिकाहरूसहित जीवन व्यवस्थापन मा ध्यान दिनुपर्ने कुराहरूमा जाेड दिँदै प्रशिक्षित गराउनुभएकाे थियाे । कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेल तथ वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

अाेशाे ध्यान केन्द्र बगरका संचालक स्वामी प्रेम सुवासकाे पहलमा सञ्चालन भएकाे साे शिविरमा बयाेबृद्द व्यक्तित्व रूद्रनाथ काराखेतीकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रम अायाेजनामा दुभार टाेल सुधार समिति, माझीगाउँ नयाँबस्ती बगर टाेलसुधार समिति, भट्टफाँट टाेलसुधार समिति ले सहयाेग गरेका थिए।

 

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker