गाेरखा संसार
फागुन २३, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिकामा अाज ६५५ जनाले काेराेनकाे खाेप लगाएका छन् ।
अाजदेखि शुरू भएकाे दाेश्राे चरणकाे खाेप अभियानमा नगरपालिकाभित्रका ६५ बर्षमाथिका व्यक्तिहरूलाइ खाेप लगाउने नेपाल सरकारकाे निती बमाेजिम अाजदेखि अभियान शुरू भएकाे नगरपालिका स्वास्थ्य शाखाकी सृष्टि थपलियाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार नगरपालिकाभरि १० वटा केन्द्रबाट खाेप प्रदान गरिएकाे छ । अाज खाेप लगाउनेहरूमा ३५१ जना पुरूष र ३०४ जना महिल रहेकाे पनि शाखाले जनाएकाे छ । त्यस्तै गरी २५ गतेसम्म सञ्चालन हुने साे अभियानबाट करीब २ हजार ५ सय जनालाइ खेाप लगाउने लक्ष रहेकाे स्वास्थ्य शाखाले जानकारी दिएकाे छ ।
यसअघि नेपाल सरकारले पहिलाे चरणमा स्वास्थ्यकर्मी, जनप्रतिनिधी, पत्रकार लगायतका फ्रन्टलाइनरहरूलाइ काेराेना बिरूद्दकाे खाेप लगाइसकेकाे छ ।