(बुँकाेट), गाेरखा । “महिला सुरक्षा,सम्मान र रोजगार: समृद्ध नेपालको आधार” भन्ने मूल नारा सहित १११ अाैँ अन्तराष्ट्रिय महिला दिवस मार्च ८ का दिन पारेर आज नेपाल भर मनाइएकाे छ । शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा आज आयाेजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले महिलाहरु अधिकारी प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्ने बताएकी छन् । अधिकार खाेज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने उनले बताइन् । पुरुषहरुकाे विराेध गर्दैमा महिलाहरुकाे अधिकार स्थापित नहुने उनकाे भनाइ छ ।
शहिदलखन गाउपालिका घैरुङ,गोरखा र रुपान्तरण नेपालका लागि प्रयासको समन्वय तथा आर्थिक सहयोगमा प्रगतिशिल वचत तथा ऋण सहकारी संस्था लि शहिद लखन गापा वडा-७/८ बुङकोटको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवश कार्यक्रम मनाइएकाे हाे ।
z
कार्यक्रममा अधिवत्ता पवित्रा शर्माले महिला कानुनी अधिकार,प्राबधान हिंसा सबन्धि प्रशिक्षण प्रदान गरेकी थिइन । भगवती खनालकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि-गाउपालीका उपाध्यक्ष इन्दिरा तिवारी बिशेष अतिथी-वडा अध्यक्ष शरण श्रेष्ठ “ “ -वडा अध्यक्ष काशिनाथ अंगाई अतिथि-अधिवक्ता पवित्रा शर्मा “ – वडा सदस्यहरु वडा-७/८ “ -राजनितीक दलको प्रतिनिधी-वडा-७/८ वडा ७/८ को महिला समुहको अध्यक्ष,प्रनिधीहरु,बुदिजिवी समाजसेवीहरुको उपस्थिती रहेको वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।