Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पालुङ्टारमा काेभिड खाेप लगाउन १० केन्द्र कायम

पालुङ्टारमा काेभिड खाेप लगाउन १० केन्द्र कायम

गाेरखा,
गाेरखा जिल्लाकाे पालुङ्टार नगरपालिकाले दाेश्राे चरणकाे खाेप अभियान सञ्चालनका लागि १० वटा केन्द्र कायम गरेकेा छ । फागुन २३ गतेदेखि सञ्चालन हुने दाेश्राे चरणका लागि ताेकिएका खाेप केन्द्रहरू आपपिपल अस्पताल,७ वटै स्वास्थ्य चौकी,ठाटिपोखारी बर्थिङ्ग सेन्टर र शेरा सामुदायिक इकाई केन्द्र गरी जम्मा १० वटा रहेका छन् ।  सबै १० वटै केन्द्रमा रहेका खाेपकर्मीहरूलाइ काेभिडकाे खाेप लगाउनकाे लागि तालिम प्रदान गरिसकिएकाे नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयाे ।
नेपाल सरकारकाे निती बमाेजिम लक्षित समूहलाइ खाेप दिने कार्यक्रम तय भएकाेले आबश्यक सहयाेग गरिदिन स्वास्थ्य शाखाले अनुराेध गरेकाे छ । खाेप लगाउने क्रममा सामान्य लक्षणहरू देखिने भएतापनि गम्भीर असर नदेखिने भएकाले निर्रधक्कसँग खाेप लगाउनसमेत शाखाले अनुराेध गरेकाे छ ।
यस अघि पहिलाे चरणकाे खाेप नगरपालिकाभित्रका स्वास्थ्यकर्मीहरू, जनप्रतिनिधीहरू तथा फ्रन्टलाइनरहरूलाइ खाेप दिइसकिएकाे र दाेश्राे चरणमा करीब ७ हजार लाइ खाेप दिइने शाखाकी सृष्टि थपलियाले जानकारी दिनुभयाे ।
लक्षित समूहकाे सूची सार्वजनिक गर्दै निर्धारित सवै केन्द्रमा गएर खाेप लगाउन र अन्य थप जानकारी अावश्यक परेमा नजिकका स्वास्थ्य चाैकीहरूमा सम्पर्क गर्न समेत शाखाका दिपेन्द्र गिरीले अनुराेध गर्नुभएकाे छ ।
खाेपकाे लागि लक्षित समूह:
५५ वर्ष माथिका सवै ज्येष्ठ नागरिकहरु ।
सामुदायिक तथा निजि विद्यालयका शिक्षक तथा कर्मचारीहरु ।
यातायात सेवामा कार्यरत मजदुरहरु ।
अघिल्लाे चरणमा खाेप सेवा लिन छुट भएका स्वास्थ्यकर्मी , जनप्रतिनिधिहरु,प्रहरीहरु,कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु ।
नाेट: गर्भवतीलाई याे खाेप लगाउन मिल्दैन ।
खाेप लगाए पश्चात सामान्य प्रति असरहरु ज्वराे आउने, सुई लगाएकाे स्थानमा दुख्ने, थकान महशुश हुने, वाकवाकी लाग्ने, हल्का विमिरा आउने हुनसक्छ, जुन एक दुई दिनमा आफै हराएर जाने भएकाेले निर्धक्कसँग लक्षित समूहलाई खाेप दिलाई काेभिड -१९ वाट बचाउने महान कार्यलाई सफल पारि दिनु हुन अनुराेध छ ।
                काेभिडवाट आफु पनि बचाै, अरुलाइ पनि बचाअौ ।।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.