बिमला कंडेल
गाेरखा, फागुन २०
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङली स्वास्थ्य चाैकीले काेभिड खाेप लगाउने तालिका सार्वजनिक गरेकाे छ । स्वास्थ्य चाैकीमा वडा भित्र रहेका १८ वटै टाेल विकास संस्थाका अध्यक्षहरूका बीच छलफल गरी तालिका सार्वजिनक गरिएकाे छ । २३ गतेदेखि शुरू हुने दाेश्राे चरणकाे काेभिड खाेप लगाउनकाे लागि व्यवस्थित गर्ने उदेश्यका साथ वडाभित्रका १८ वटा टाेलहरूलाइ ३ समूह बनाएर जानकारी गराइएकाे स्वास्थ्य चाैकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभयाे । वडा नं ७ का वडाध्यक्ष तथा स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले काेभिड खाेप लगाउने क्रममा वडाबाट अावश्यक सबै प्रकारका सहयाेग प्रदान गर्न अाफू प्रतिबद्द रहेकाे बताउनुभयाे ।
स्वास्थ्य चाैकी भवनमा गरिएकाे छलफल कार्यक्रममा काेभिड खाेपकाे महत्व, यसबाट देखा पर्ने असरहरूका बारेमा समेत जानकारी दिइएकाे थियाे । खाेप लगाउँदा सामान्य असरहरू देखिएपनि गम्भीर असर नहुने तथा खाेप बिश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएकाे हुँदा ढुक्कसंग लगाउन समेत इन्चार्ज पाण्डेले अनुराेध गर्नुभएकाे छ ।