Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
४ वर्षकी छात्रा बलात्कार गर्ने १३ बर्षका छात्र पक्राउ

४ वर्षकी छात्रा बलात्कार गर्ने १३ बर्षका छात्र पक्राउ

गोरखा- 

जिल्लाकाे एक विद्यालय कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ ।

विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ । यही माघ २१ गते यो घटना भएको हो । २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

बालिकाकी आमाले फोन गरेपछि आफूहरुलाई घटनाबारे थाहा भएको विद्यालयका प्रधानाध्यापकले भने । बालिकाको स्वास्थ्य अवस्थाले उनी बलात्कृत भएको आफूले थाहा पाएको बालिकाकी आमाले प्रहरी समक्ष बताएकी छन् ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.