मन्त्रीद्वारा कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन

काठमाण्डौ २७,

माघ कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । आज कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो । अनौपचारिक पोशाकमा तरकारी बजार पुग्नुभएका मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्य तालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिनुभएको छ ।

केही कर्मचारी सहित कालीमाटी बजार अनुगमन गर्न पुग्नुभएका मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टलल गायतका बारेमा जानकारी लिनुभएको थियो । फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समिति बिच छलफल गरी तत्काल एउटा निश्कर्षमा जाने समेत बताउनुभयो ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउदै उहाँले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बजारमा अनुगमनका क्रममा कालिमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उहाँले छिट्टै परिक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत हुन फास्ट ट्रयाकबाटै काम भएको पाइएको बताउनुभयो ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.